Trending
Prev Story
Next Story

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

Nagarik News •
October 23, 2026 • 02:10 PM
3
3 reads 0 reactions

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ

पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार न्यूनचापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) चक्रवातीय आँधीमा विकसित हुने सम्भावना छ। उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिसा आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।

यस मौसम प्रणालीको प्रभावका कारण कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालमा मौसम बदली तथा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यद्यपि, नेपालमा कति वर्षा हुन्छ, जोखिमको स्तर कस्तो रहन्छ र यसले कस्तो असर पार्न सक्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाको भनाइ छ।

सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा उक्त प्रणालीको विकासक्रमबारे निगरानी भइरहेको छ। प्रणालीको अवस्था र सम्भावित प्रभावबारे थप जानकारी प्राप्त भएपछि आवश्यकताअनुसार सूचना अद्यावधिक गरिने जनाइएको छ।

महाशाखाले मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचनालाई नियमित रूपमा हेर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १९:५५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम
Compare →
Bizshala
15h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम
Compare →
Hamro Patro News
20h ago
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ

काठमाडौँ - गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा समेत आक्रामक सुरुआत गरेको छ । अग्रिम टिकट बिक्री खुला गरिएसँगै खरिद गर्नेको चाँप बढेको फिल्मलाई ८ दिनमा...

#कात्तिक #भारत
Compare →

Related Stories

World News
Build #2612