Trending
Prev Story
Next Story

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

Ekantipur •
November 13, 2026 • 09:02 AM
3
3 reads 0 reactions

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

रामेछाप — दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा अवस्थित च्छो रोल्पा हिमतालको सम्भावित जोखिम न्यूनीकरणका लागि रामेछापका तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको पहल थालिएको छ ।

हिमताल विस्फोट भएमा नदी तटीय क्षेत्रका बासिन्दालाई समयमै सतर्क गराउन स्वचालित रूपमा सूचना प्रवाह गर्न सकिने साइरन प्रणाली जडान गर्न लागिएको हो ।

रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार साइरन प्रणाली जडानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको छ ।

च्छो रोल्पा हिमताल सम्भावित रूपमा विस्फोट भएमा त्यसबाट निस्कने बाढीले रामेछापका तामाकोशी र सुनकोशी नदी तटीय क्षेत्रमा पुर्‌याउन सक्ने क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्राथमिकता दिइएको प्रजिअ केसीले बताए ।

यसैगरी, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित बाढीको जोखिम अध्ययन गरी प्रतिवेदन पेस गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार गठित उपसमितिले काम गरिरहेको छ । उपसमितिले जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भावित प्रभाव र जोखिममा पर्न सक्ने बस्तीको विवरण संकलन तथा अध्ययन गरिरहेको केसीले जानकारी दिए ।

जोखिम क्षेत्रको यकिन विवरण संकलन र अध्ययनलाई प्रभावकारी बनाउन जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायसँग सहयोग मागेको छ । मन्थली र रामेछाप नगरपालिका तथा खाँडादेवी र लिखु तामाकोशी गाउँपालिकासँग नदी तटीय क्षेत्रका जोखिमयुक्त बस्तीको विवरण माग गरिएको छ ।

जिल्लाका नदी तटीय क्षेत्रहरू मिल्ती खोलादेखि कोलन्जोर घाट, लिखु नदीसम्मका क्षेत्रमा सम्भावित बाढीबाट प्रभावित हुन सक्ने घरधुरी र जनसङ्ख्याको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिएको प्रजिअ केसीले बताए । त्यस्तै, जोखिम क्षेत्रमा रहेका विद्यालय, स्वास्थ्य संस्था, बजार, धार्मिक स्थल तथा अन्य सार्वजनिक संरचनाको विवरणसमेत संकलन गर्न भनिएको छ ।

सम्भावित बाढीबाट प्रभावित हुन सक्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पर्ने उच्च भूभाग, खुला क्षेत्र, सामुदायिक भवन तथा आश्रयस्थलको पहिचान गरी तिनको क्षमता विवरणसमेत उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरिएको छ । सम्भावित जोखिमको पूर्व पहिचान, समयमै सूचना प्रवाह र सुरक्षित स्थानान्तरणको व्यवस्था मिलाउने उद्देश्यले जिल्लामा विपद् पूर्वतयारीका काम अघि बढाइएको प्रशासनले जनाएको छ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

बहुप्रकोपीय पूर्वसूचना प्रणालीकै कारण विपद्जन्य मृत्युदर ६.१ गुणा कम

काठमाडौं । विश्वका ७० प्रतिशत देशमा बहुप्रकोपीय पूर्वसूचना प्रणाली विस्तार भए पनि विपद्को उच्च जोखिममा रहेका मुलुक र समुदाय अझै प्रभावकारी चेतावनीको पहुँचबाट टाढा रहेको पाइएको छ । पूर्वसूचना प्रणा...

#प्रणाली #पूर्वसूचना
Compare →
Nagarik News
22h ago
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी, शैक्षिक गुणस्तर सुधारमा नयाँ योजना

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ।

#प्रणाली #तयारी
Compare →
Onlinekhabar
2h ago
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न …

#प्रणाली
Compare →
Bizshala
1d ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#प्रणाली
Compare →
Arthasansar
1d ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

World News
Build #2612