Trending
Prev Story
Next Story

दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

Ekantipur •
October 23, 2026 • 02:00 PM
3
3 reads 0 reactions

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । उनले भारतको आईपीएल, अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन् ।

दक्षिण अफ्रिकी क्रिकेटर डेविड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । उनले भारतको आईपीएल, अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन् ।

काठमाडौँ — कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ । शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका बायाँहाते ब्याटरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

डेविड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौं विदेशी खेलाडी हुन् । यसअघि क्लबले पाकिस्तानका टी–२० क्रिकेटका कप्तान साहिबजादा फरहानलाई अनुबन्ध गरेको थियो । बिहीबार नै कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

दोस्रो सिजन सानदार प्रदर्शन गरेका स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि कर्णाली याक्सबाटै खेल्दै छन् । वाटबाहेक मिलर, फरहान, तलात, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्न लागेका हुन् ।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको बताए । उनले भने,  ‘कर्णाली याक्समा समर्थकले हामीबाट धेरै आशा गर्नुभएको थियो । सोहीअनुसार हामीले डेविड मिलरजस्ता विश्वचर्चित खेलाडीलाई अनुबन्ध गर्न सफल भएका छौँ ।’

घिमिरेले मिलरको आगमनसँगै कर्णाली याक्सको टिम उपाधिको दाबेदार बनेको तथा नेपालमा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन सफल भएको बताए । ‘पहिलो सिजन हामीले शिखर धवनलाई अनुबन्ध गरेका थियौँ । जसले नेपाली क्रिकेट र एनपिएलको निकै चर्चा भयो । यसपटक डेविड मिलर, साहिबजादा फरहान र हुसैन तलातलाई अनुबन्ध गरेका छौँ । यसले कर्णाली याक्सलाई मात्रै नभएर एनपिएलदेखि नेपालको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘अब हाम्रो लक्ष्य उपाधिमा केन्द्रित हुनेछ ।’

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् । उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिग खेलेका छन् । उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मिलर मुख्य खेलाडी थिए ।

मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० आई खेलमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका थिए । उनले आफ्नो करियरका दुई टी–२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।

यता, ५८४ टी–२० आई खेल खेल्दा उनले १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा उनले चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आइपिएलमा पञ्जाबबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए ।

कात्तिक ९ बाट सुरु हुने एनपीएलका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।

यसबाहेक कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
3h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
14h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
4h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612