काठमाडौँ । कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको छ । शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका बाया हाते ब्याटरलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
डेविड मिलर कर्णाली याक्समा अनुबन्ध हुने छैटौ विदेशी खेलाडी हुन् । यसअघि क्लबले पाकिस्तान टी–२० क्रिकेटका कप्तान साहिवजादा फर्हानलाई अनुबन्ध गरेको थियो । बिहीबार नै कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
Read full story at source ( nepalpress.com )