Trending
Prev Story
Next Story

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

Ekantipur •
November 12, 2026 • 11:32 AM
1
1 reads 0 reactions

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

काठमाडौँ — सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कर्णाली याक्सले कप्तान परिवर्तन गर्दै सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरलाई नेतृत्वको जिम्मा दिएको छ । मिलरले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

कर्णाली याक्सले अघिल्लो खेल खेलेको टोलीबाट ३ खेलाडी परिवर्तन गरेको छ । सूर्य तामाङ, युवराज खत्री र जिसन आलमको स्थानमा टोलीले विपिन शर्मा, दीपेन्द्र राउत र हुसैन तलातलाई खेलाएको छ । नेपाल यू–१९ का कप्तान विपिन ओमानमा यू–१९ एसिया कप खेलेर बुधबारमात्र काठमान्डु आइपुगेको थिए । पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट आएका उनी यस सिजनको एनपीएलमा पहिलो खेल खेलिरहेका छन् ।

लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्धको खेलमा अघिल्लो खेलमा खेलेको टोलीबाट दुई खेलाडी परिवतर्न गरेको छ । तिलकराज भण्डारीको स्थानमा करण घर्तीमगर र ग्रान्ट स्टेवार्डको स्थानमा सामिम हुसैनलाई खेलाएको छ ।

प्ले अफमा पुग्ने दुबै टोलीलाई यस खेल जित्नै पर्ने दबाब रहेको छ । लुम्बिनी ५ खेलमा ७ अंकसहित तेस्रो र कर्णाली ४ अंकसहित सातौं स्थानमा रहेका छन् ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
10h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Arthasansar
2h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2611