Trending
Prev Story
Next Story

हुथी आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता, संयम अपनाउन आग्रह

Arthasansar •
October 23, 2026 • 01:01 PM
1
1 reads 0 reactions

यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन...

हुथी आक्रमणप्रति राष्ट्रसङ्घको चिन्ता, संयम अपनाउन आग्रह

यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताएका छन् ।

यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग आवश्यक रहेकोमा जोड दिएका छन् ।यसैबीच, हुथी आन्दोलनलाई युरोपेली सङ्घ ९इयु० को आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गर्ने युरोपेली संसद्को प्रस्तावलाई यमनको विदेश मन्त्रालयले स्वागत गरेको छ । मन्त्रालयले यसलाई नागरिकको सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भनेको छ ।

बिहीबार पारित प्रस्तावमा युरोपेली संसद्ले हुथीहरूका आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनको उल्लङ्घन भन्दै त्यसबाट यमनी नागरिकको मृत्यु तथा विस्थापन बढेको र मानवीय सङ्कट गम्भीर बनेको उल्लेख गरेको छ । संसद्ले इजरायल र संयुक्त अरब इमिरेट्सविरुद्ध भएका क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको पनि निन्दा गरेको छ ।

इयुकी विदेश मामिला तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कल्लासको प्रस्तावपछि संसद्ले हुथी आन्दोलनका राजनीतिक तथा सैन्य शाखा, नेतृत्व र सुरक्षा संरचनालाई आतङ्कवादी सङ्गठनको सूचीमा राख्न आग्रह गरेको हो । साथै, आन्दोलनको आर्थिक स्रोत रोक्न र त्यसलाई सहयोग गर्ने पक्षका कोष तथा सम्पत्ति रोक्का गर्न पनि आह्वान गरिएको छ ।

यसैबीच, इराकले साउदी अरबमाथिका आक्रमणको निन्दा गर्दै आफ्नो भूभाग कुनै पनि पक्षले आक्रमणका लागि प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ । अल जजिराका अनुसार इराकका विदेशमन्त्री फुआद हुसेनले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदसँग टेलिफोन वार्ता गरी आक्रमण र त्यसबाट नागरिक तथा सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको निन्दा गरेको साउदी विदेश मन्त्रालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

सुरक्षा परिषद्‍द्वारा हुथी आक्रमणको निन्दा

काठमाण्डु – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यमनको हुथी समूहले साउदी अरेबियामाथि गरेका आक्रमण र व्यापारिक जहाजहरूलाई दिएको धम्कीको कडा निन्दा गर्दै समूहलाई सैन्य गतिविधि तत्काल र बिनासर्त रोक्...

#हुथी #यमन
Compare →
Onlinekhabar
1w ago
यमन सरकारले भन्यो– एक महिने सैन्य कारबाहीमा २० हजार हुथी विद्रोहीको मृत्यु

यमन सरकारले भन्यो– एक महिने सैन्य कारबाहीमा २० हजार हुथी विद्रोहीको मृत्यु

यमनको आधिकारिकताप्राप्त सरकार(राष्ट्रपतीय नेतृत्व परिषद्) ले हुथी विद्रोहीविरुद्ध एक महिनाको अवधिमा ४० हजारभन्दा बढी सैन्य कारबाही गरिएको जनाएको छ । परिषद्का अनुसार अक्टोबर ५ मा ‘डन अफ यमन’ सैन्य अभियान सुरु भएयता सरकारी सेनाले हुथी विद्रोहीका …

#हुथी #यमन
Compare →
Ekantipur
2w ago
सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

#अपनाउन
Compare →
Nagarik News
2w ago
तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

सम्भावित विपदबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

#अपनाउन
Compare →

Related Stories

Politics & Governance
Build #2611