Trending
Prev Story
Next Story

सल्यानमा मापसे र ट्राफिक नियम उल्लंघन गर्ने २२३ चालक कारबाहीमा

Ekantipur •
October 23, 2026 • 10:30 AM
3
3 reads 0 reactions

दसैं अवधिमा ट्राफिक प्रहरीले जाँचमा अझ कडाइ गरेको थियो । कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।

सल्यानमा मापसे र ट्राफिक नियम उल्लंघन गर्ने २२३ चालक कारबाहीमा

दसैं अवधिमा ट्राफिक प्रहरीले जाँचमा अझ कडाइ गरेको थियो । कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।

सल्यान — घटस्थापनादेखि शुक्रबारसम्म १२ दिनको अवधिमा मादक पदार्थ सेवन गरी र ट्राफिक नियम पालना नगरी सवारी चलाउने २ सय २३ सवारी चालक कारबाहीमा परेका छन् ।

सल्यानका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले मापसे गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो । ट्राफिक कार्यालय शीतलपाटी सल्यानका प्रमुख जयराम घर्तीका अनुसार मदिरा सेवन गरी सवारी चलाउने ४९ र ट्राफिक नियम पालना नगरी चलाउने १७४ रहेका छन् ।कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।

२२३ सवारी कारबाहीबाट २ लाख १८ हजार राजस्व सङ्कलन भएको उनले जानकारी गराए । उनका अनुसार दसैं अवधिमा ६ सवारी दुर्घटनामा परेर ९ घाइते भएका थिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
मापसे गर्ने र नियम नमान्ने ४०७ चालकलाई करबाही

मापसे गर्ने र नियम नमान्ने ४०७ चालकलाई करबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

#ट्राफिक #कारबाही #चालक
Compare →
Hamro Patro News
23h ago
२४ घण्टामा  कारबाहीमा परे ५५७ चालक

२४ घण्टामा कारबाहीमा परे ५५७ चालक

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक ...

#ट्राफिक #कारबाही #चालक
Compare →
Arthasansar
2m ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#ट्राफिक
Compare →

Related Stories

World News
Build #2612