Trending
Prev Story
Next Story

इरानमाथि नयाँ हमला गर्ने अमेरिकाको तयारी, ‘सबै बमका बाउ’ देखाउने तेहरानको चेतावनी

Nagarik News •
October 22, 2026 • 04:22 AM
3
3 reads 0 reactions

अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

इरानमाथि नयाँ हमला गर्ने अमेरिकाको तयारी, ‘सबै बमका बाउ’ देखाउने तेहरानको चेतावनी

अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

‘द न्युयोर्क टाइम्स’ का अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन्।

इरानी रिभोलुसनरी गार्डका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका बाउ’ देखाउने चेतावनी दिए। तर, इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउन्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गरेको भन्ने प्रतिवेदनपछि इरानको चेतावनी आएको हो।

यद्यपि, विशेषज्ञहरूले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन्। ट्रम्पले नयाँ आक्रमणलाई स्वीकृति दिन्छन् कि दिँदैनन् भन्ने अझै स्पष्ट छैन।

अमेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौँ नौसैनिक, लडाकू विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताए।

इरानले सम्भावित नयाँ युद्धको असर ऊर्जा पूर्वाधार र व्यावसायिक ढुवानीमा मात्र सीमित नहुने चेतावनी दिएको छ । इरानी अधिकारीहरूका अनुसार, द्वन्द्व डाटा केन्द्र र समुद्रमुनिका इन्टरनेट केबलसम्म फैलिन सक्छ।

केही अमेरिकी योजनाकारले तीन दिनको आक्रमणले इरानलाई वार्तामा सहुलियत दिन बाध्य पार्न सक्ने ठाने पनि अघिल्लो अमेरिका–इजरायल आक्रमणले ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको तथा क्षेत्रीय सुरक्षा कमजोर पारेको प्रतिवेदनमा उल्लेख छ।

अमेरिका र इजरायलको सैन्य तयारी तथा कूटनीतिक प्रयास जारी रहँदा ट्रम्पको अन्तिम निर्णय र इरानको सम्भावित प्रतिक्रियाबारे अनिश्चितता कायमै छ।

सम्भावित आक्रमणले पश्चिम एसियामा व्यापक युद्ध निम्त्याउन सक्ने चिन्ता बढेको छ।एएनआई

प्रकाशित: ५ कार्तिक २०८३ १०:०७ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

#अमेरिका #इरान
Compare →
Ekantipur
2h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका
Compare →
Bizshala
22h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
23h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #इरानमाथि
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612