Trending
Prev Story
Next Story

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

Ekantipur •
November 25, 2026 • 09:34 AM
24
24 reads 0 reactions

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ४ महिनामा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

यस अवधिमा नेपालको निर्यात व्यापार पनि ४३.४८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।

आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटा भने २९ दशमलव ६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ थियो ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । अघिल्लो वर्ष १३.३० प्रतिशत रहेको निर्यातको हिस्सा चालु आर्थिक वर्षमा १४.३१ प्रतिशत पुगेको छ । यसैगरी, आयातको हिस्सा ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा सीमित भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

९ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबर …

#वस्तु #आयात #खर्ब
Compare →
Hamro Patro News
13h ago
कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

नेपालमा वस्तु आयात लगातार बढिरहेको क्रम कात्तिकमा रोकिएको छ। गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएकोमा कात्तिकमा १ खर्ब ५६ अर्ब रूपैयाँको मात्रै आयात भएको छ। ...

#वस्तु #आयात #खर्ब
Compare →
Arthasansar
10h ago
चुलिदैँ व्यापार घाटा - पहिलो चौमासिकमा ८ खर्बको आयात हुँदा १ खर्ब ३४ अर्ब मात्रै निर्यात

चुलिदैँ व्यापार घाटा - पहिलो चौमासिकमा ८ खर्बको आयात हुँदा १ खर्ब ३४ अर्ब मात्रै निर्यात

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएसँगै व्यापार पनि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक...

#आयात #खर्ब #निर्यात
Compare →
Bizshala
3d ago
कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै...

#आयात #महिनामै
Compare →
Nagarik News
10h ago
आफ्नो खेत बाँझै, विदेशी उत्पादनले भरिँदै नेपाली भान्सा

आफ्नो खेत बाँझै, विदेशी उत्पादनले भरिँदै नेपाली भान्सा

भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा तरकारी तथा कन्दमूलजन्य वस्तु आयातमा १५ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ।

#वस्तु #आयात
Compare →

Related Stories

Business & Economy
Build #2635