Trending
Prev Story
Next Story

प्रधानमन्त्रीलाई गगनको प्रश्न: भ्रमणमा दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि किन देखिएन ?

Nagarik News •
November 24, 2026 • 09:47 AM
12
12 reads 0 reactions

थापाले भारत भ्रमणबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए। भ्रमणबाट दीर्घकालीन राष्ट्रिय हितमा कुनै महत्वपूर्ण प्रगति भएको नदेखिएको उनको टिप्पणी थियो।

प्रधानमन्त्रीलाई गगनको प्रश्न: भ्रमणमा दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि किन देखिएन ?

भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि देखिन नसकेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीसँग जवाफ मागेका छन्। उनले भ्रमणका क्रममा के उपलब्धि हासिल भयो भन्ने विषय जनतासामु स्पष्ट पार्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले भारत भ्रमणबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए। भ्रमणबाट दीर्घकालीन राष्ट्रिय हितमा कुनै महत्वपूर्ण प्रगति भएको नदेखिएको उनको टिप्पणी थियो।

‘भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा केही भएजस्तो देखिएको छैन। के भएको हो प्रधानमन्त्रीले जनतालाई बताउनुपर्दैन ? के हामी चुप लागेर बस्ने ?’ उनले बैठकमा प्रश्न गरे।

थापाले सरकारका गतिविधिमाथि निगरानी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय सरोकारका विषयमा मौनता नअपनाउने स्पष्ट पारे।

बैठकमा उनले राज्यका संयन्त्रको प्रयोग र राजनीतिक निकटताका आधारमा हुने व्यवहारप्रति पनि आपत्ति जनाए। कुनै व्यक्ति प्रधानमन्त्री बालेन शाह वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट भएकै कारण कानुनी तथा राजनीतिक जवाफदेहिताबाट उन्मुक्ति पाउन नहुने उनको भनाइ थियो।

राज्यका संयन्त्रलाई निजी कम्पनी जसरी सञ्चालन गर्न खोजिए कांग्रेसले विरोध गर्ने उनले बताए। प्रतिपक्षी दललाई मात्रै लक्षित गरेर राज्यका निकाय परिचालन गरिए पनि कांग्रेसले त्यसविरुद्ध आवाज उठाउने थापाको चेतावनी थियो।

उनले भने, ‘कोही मान्छे बालेन शाहको नजिक भएको भनेर छुट पाउनु हुँदैन। रास्वपासँग नजिक भएको भनेर छुट पाउनु हुन्न। राज्यका संयन्त्रलाई प्राइभेट कम्पनी बनाउन खोज्दा कांग्रेस बोल्छ, बोल्छौँ। प्रतिपक्षीमाथि मात्रै हेर्दा कांग्रेस बोल्नुपर्छ, बोल्छ।’

थापाको अभिव्यक्तिले कांग्रेसले सरकारका विदेश भ्रमण, राज्य संयन्त्रको सञ्चालन र राजनीतिक पक्षधरतालाई आफ्नो प्रमुख निगरानीका विषय बनाउने संकेत गरेको छ।

प्रकाशित: ८ मंसिर २०८३ १५:३२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?

प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भनी व्याख्या गरिरहेका बेला विज्ञ तथा विपक्षी दलका नेताहरूले थाँती रहिआएका विषयमा उपलब्धि हुन नसकेको प्रतिक्रिया दिएका छन्। बीबीसीसँग कुरा गर्दै उनीहरूले भ...

#भ्रमण #भारत #उपलब्धि
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#भ्रमण #हित #भारत
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#भ्रमण #भारत #उपलब्धि
Compare →
Bizshala
2d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2635