Trending
Prev Story
Next Story

जलविद्युतसहितका क्षेत्रमा कतारी लगानी भित्र्याउन कतार सरकारलाई सभामुख अर्यालको आग्रह

Nagarik News •
November 24, 2026 • 10:16 AM
19
19 reads 0 reactions

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालका जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तार गर्न कतार सरकारलाई आग्रह गरेका छन्।

जलविद्युतसहितका क्षेत्रमा कतारी लगानी भित्र्याउन कतार सरकारलाई सभामुख अर्यालको आग्रह

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालका जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार तथा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तार गर्न कतार सरकारलाई आग्रह गरेका छन्।

नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीसँग सोमबार भएको शिष्टाचार भेटवार्तामा सभामुख अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै कतारी लगानीकर्तालाई आकर्षित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरेका हुन्।

भेटमा उनले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र कतारबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

सभामुख अर्यालले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न दुवै देशबीच थप सहकार्य आवश्यक रहेको बताए।

नेपालका कृषि उत्पादनलाई कतारको बजारसम्म पुर्‍याउने सम्भावनाबारे चर्चा गर्दै उनले नेपाली फलफूल, तरकारी तथा अन्नलगायतका कृषि उपज निर्यातका लागि आवश्यक वातावरण निर्माण गर्न पनि राजदूतमार्फत कतार सरकारसँग आग्रह गरे।

त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिँदै उनले हवाई सम्पर्क विस्तारले नेपालमा पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। खेलकुदको विकास र प्रवर्द्धनमा समेत दुई देशबीच सहकार्य विस्तार गर्न उनले आग्रह गरे।

भेटका क्रममा सभामुख अर्यालले गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले उपलब्ध गराएको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति धन्यवाद व्यक्त गरे। उनले नेपालको पुनर्निर्माण तथा पुनःस्थापनाका क्षेत्रमा कतारको थप सहयोग अपेक्षा गरिएको पनि बताए।

यसैगरी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र कतारबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले विश्व शान्ति र स्थायित्वका लागि संवाद तथा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

जवाफमा कतारका राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र दुवै देशका साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए।

प्रकाशित: ८ मंसिर २०८३ १६:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्। धादिङमा आज बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको श...

#जलविद्युत् #सभामुख #अर्याल
Compare →
Ekantipur
6h ago
प्रभावितलाई अन्याय नहुने गरी बुढीगण्डकी आयोजना अघि बढिसक्यो : सभामुख अर्याल

प्रभावितलाई अन्याय नहुने गरी बुढीगण्डकी आयोजना अघि बढिसक्यो : सभामुख अर्याल

बुढीगण्डकीलाई बजेट अभाव हुन दिँदैनौँ : भौतिक पूर्वाधारमन्त्री लम्साल

#जलविद्युत् #सभामुख #अर्याल
Compare →
Onlinekhabar
5d ago
निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

५ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध बनाउने साझा लक्ष्य पूरा गर्न सबैले ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् । शनिबार लायन्स क्लब अफ पोखराको ५० औं स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य …

#सभामुख #अर्याल
Compare →

Related Stories

Politics & Governance
Build #2635