Trending
Prev Story
Next Story

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

८ मंसिर, बुटवल । बुटवलमा मंगलबारदेखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय सीटी क्याम्पस बुटवल र भारतको उत्तर प्रदेशस्थित मथुरा प्रसाद महाविद्यालय (कोंच) को संयुक्त आयोजनामा यो सम्मेलन आयोजना हुँदैछ । ‘बुद्ध …

बुटवलमा बुद्ध र अहिंसासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

८ मंसिर, बुटवल । बुटवलमा मंगलबारदेखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय सीटी क्याम्पस बुटवल र भारतको उत्तर प्रदेशस्थित मथुरा प्रसाद महाविद्यालय (कोंच) को संयुक्त आयोजनामा यो सम्मेलन आयोजना हुँदैछ ।

‘बुद्ध र अहिंसा: विश्वशान्ति, करुणा र सामाजिक रूपान्तरणका ऐतिहासिक तथा समसामयिक आयाम’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

सीटी क्याम्पसको सभाहलमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले उद्घाटन गरे ।

मन्त्री घिमिरेले विश्व अहिले हिंसा र द्वन्द्वको चपेटामा रहेको र त्यसको प्रभाव नेपालमा पनि परिरहेको बताए ।

‘विश्वजगत्ले बुद्धको अहिंसाको सन्देशलाई आत्मसात् गर्दै शान्ति स्थापनामा भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘शान्ति र अहिंसाले मात्रै विश्वले आर्थिक र विकासको मार्गमा हिँड्न र प्रगति गर्नसक्छ ।’

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको मथुरा महाविद्यालयले शान्ति स्थापनामा जोड दिँदै बुद्धको अहिंसाको शिक्षा फैलाउने काम गरेको उनले उल्लेख गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले यो सम्मेलनले बुद्धका शिक्षालाई विश्वभर फैलाउन र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विश्वविद्यालयका सह–प्राध्यापक एवं पूर्व रजिस्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले बुद्ध शिक्षामार्फत सिङ्गो मुलुक र विश्वभर शान्तिको सन्देश प्रवाह गर्दै आएको बताए ।

उद्घाटन सत्रमा सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई बद्रीप्रसाद गौतमले धन्यवाद ज्ञापन गरेका थिए भने सत्रको समापन मथुरा प्रसाद महाविद्यालय, जालौनका प्राचार्य सुरेन्द्र सिंहले गरेका थिए ।

सीटी क्याम्पसका सहायक क्याम्पस प्रमुख जेबी क्षेत्रीले अध्ययन अनुसन्धानलाई जोड दिदै अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको बताए । उनले सेमिनारमा ५० वटा कार्यपत्र प्रस्तुत हुने र आगामी दिनमा निरन्तर सेमिनार बुटवलमा हुने बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
एनआरएनएले काठमाडौंमा 'दोस्रो पुस्ता विश्व सम्मेलन' आयोजना गर्ने

एनआरएनएले काठमाडौंमा 'दोस्रो पुस्ता विश्व सम्मेलन' आयोजना गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आगामी सन् २०२७ जनवरी २ देखि ७ तारिख (पुस १८ देखि २३, २०८३) सम्म काठमाडौं र धुलिखेलमा ‘प्रथम एनआरएनए दोस्रो पुस्ता विश्व सम्मेलन २०२७’ आयोजना गर्ने भएको छ।

#सम्मेलन #आयोजना
Compare →
Ekantipur
6h ago
बुद्धभूमिमा साइकल पर्यटनको नयाँ सुरुवात [तस्बिरहरू]

बुद्धभूमिमा साइकल पर्यटनको नयाँ सुरुवात [तस्बिरहरू]

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने पर्यटकले मंगलबारदेखि साइकलमा स्थानीय गाउँ घुम्न पाउने भएका छन् । पहिलो चरणमा ८ किलोमिटरको मैत्री मार्ग सञ्चालनमा ल्याइएको छ।

#बुद्ध #लुम्बिनी
Compare →
Hamro Patro News
1d ago
कोप–३१ जलवायु सम्मेलनमा प्रमुख सम्झौतामा सहमति जुटेन, जीवाश्म इन्धनको मुद्दामा शक्तिशाली राष्ट्रहरू विभाजित

कोप–३१ जलवायु सम्मेलनमा प्रमुख सम्झौतामा सहमति जुटेन, जीवाश्म इन्धनको मुद्दामा शक्तिशाली राष्ट्रहरू विभाजित

टर्कीमा जारी कोप–३१ जलवायु सम्मेलनमा अन्तिम सम्झौताको मस्यौदालाई लिएर गम्भीर मतभेद देखिएको छ। युरोपेली संघ (EU), बेलायत र पनामालगायतका देशले मस्यौदामा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाश...

#सम्मेलन
Compare →
Bizshala
6h ago
८ वर्षपछि बन्यो नारायणघाट–बुटवल सडक, राजमार्गमा अब दुबो रोपिँदै

८ वर्षपछि बन्यो नारायणघाट–बुटवल सडक, राजमार्गमा अब दुबो रोपिँदै

काठमाण्डौ । लामो समयसम्म निर्माणमा भएको ढिलाइका कारण यात्रुले सास्ती खेप्नुपरेको नारायणघाट–बुटवल सडकको मुख्य...

#बुटवल
Compare →

Related Stories

World News
Build #2621