Trending
Prev Story
Next Story

फाजिलमा परेका नायब सुब्बाको व्यवस्थापनमा सकस

Ekantipur •
November 24, 2026 • 04:03 AM
14
14 reads 0 reactions

मन्त्रालयले रिक्त पदमा फाजिल कर्मचारी खटाउन निर्देशन दिए पनि प्रदेश, स्थानीय तह र उमेरसम्बन्धी प्रावधानले व्यवस्थापन कठिन बनाएको छ।

फाजिलमा परेका नायब सुब्बाको व्यवस्थापनमा सकस

मन्त्रालयले रिक्त पदमा फाजिल कर्मचारी खटाउन निर्देशन दिए पनि प्रदेश, स्थानीय तह र उमेरसम्बन्धी प्रावधानले व्यवस्थापन कठिन बनाएको छ।

काठमाडौँ — निजामती सेवामा प्रशासनतर्फ कायम रहेको दरबन्दीभन्दा सयौंको संख्यामा फाजिल रहेका नायब सुब्बा पदका कर्मचारीहरूको व्यवस्थापनमा सकस देखिएको छ । फाजिलमा परेकामध्ये धेरैजसोले मन्त्रालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पछिल्लो संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणबाट संघीय सरकार मातहतका कार्यालयहरूमा नायब सुब्बाको दरबन्दी संख्या ३ हजार १ सय ४२ कायम भएको छ । तर हाल कार्यरत नायब सुब्बाको संख्या ३ हजार ६ सय ९८ छ । त्यसअनुसार ५ सय ५६ नासु फाजिल दरबन्दीमा छन् ।

दरबन्दी नै नभएपछि फाजिलमा रहेका कर्मचारीलाई कता खटाउने चुनौती मन्त्रालयका अगाडि छ । पदभन्दा कर्मचारी बढी भएपछि लोक सेवा आयोगबाट नयाँ भर्नाका लागि विज्ञापन निकाल्न पनि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयले सबै निकायलाई परिपत्र गरेर प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) पदका कर्मचारीहरू ठूलो संख्यामा फाजिलमा रहेको जानकारी गराएको छ । कुनै पनि निकायमा नायब सुब्बाको पद रिक्त रहे फाजिलमा रहेका कर्मचरीमार्फत पदपूर्ति गर्न मन्त्रालयले भनेको छ । फाजिलमा रहेका कर्मचारीबाट पनि पदपूर्ति हुन नसक्ने स्थितिमा मात्र लोक सेवा आयोगमा पदपूर्तिको माग पठाउन मन्त्रालयले सबै निकायलाई भनेको छ ।

नयाँ ओएन्डएम सर्वेक्षण प्रतिवेदनले संघ सरकार मातहतका मन्त्रालय, विभाग तथा कार्यालयहरूमा दरबन्दी कटौती गरेपछि पहिला दरबन्दीमै कार्यरत कर्मचारीहरू फाजिलमा परेका हुन् । गत भदौमा ओएन्डएम सर्वेक्षणको प्रतिवेदन टुंगो लगाइएको थियो । त्यसबाट प्रधानमन्त्री कार्यालयसहित संघीय मन्त्रालयमा साढे २७ सय दरबन्दी कटौती भएको थियो । सरकारले २२ मन्त्रालयलाई घटाएर १८ मा झारेपछि सबै मन्त्रालयको ओएन्डम सर्वेक्षण गराइएको हो । सबैजसो मन्त्रालयमा कर्मचारीको संख्या घटाइएको छ । सचिव र सो सरहका ११, सहसचिवका ७२, उपसचिवका १ सय ८६ तथा शाखा अधिकृतका १ सय १९ दरबन्दी कटौती गरिएका हुन् ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव धोलकराज ढकालले नायब सुब्बाबाहेकका पदका कर्मचारीको व्यवस्थापनमा समस्या नरहेको बताए । नायब सुब्बा पदका कर्मचारी भने अधिक संख्यामा फाजिलमा परेका कारण व्यवस्थापनमा केही चुनौती देखिएको उनले उल्लेख गरे । मन्त्रालयले फाजिलमा परेका सयौं नासुलाई विभिन्न कार्यालयमा काजमा खटाएको छ । ‘जहाँ दरबन्दी रिक्त देखिएको छ वा अस्थायी प्रकृतिका खोलिएका कार्यालयहरू छन्, त्यहाँ काजमा पठाएका छौं,’ ढकालले भने, ‘तर अझै डेढ सय हाराहारी नासुलाई काम दिन सकिएको छैन ।’

पूर्वाधार मन्त्रालय मातहतका कार्यालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, भूमि समस्या समाधान समिति, हलो सरकारलगायतका कार्यालयमा रहेका अस्थायी दरबन्दीमा नासुहरू खटाइएको छ । तर सबै कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । फाजिलमा रहेका नासुलाई कामकाजमा खटाउनका लागि प्रदेश र स्थानीय सरकारलाई समेत आग्रह गरिएको छ ।

कर्मचारी समायोजन ऐन २०७५ अनुसार प्रदेश र स्थानीय तहका लागि कर्मचारीको समायोजन भइसकेको छ । त्यहाँ दरबन्दी खाली भए पनि संघ सरकारले प्रदेशमा मन्त्रालयका सचिव तथा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतबाहेकका पदमा कर्मचारी खटाउन मिल्दैन । प्रदेश र स्थानीय तहमा रिक्त रहेका पदमा आवश्यक परे संघमा फाजिलमा रहेका कर्मचारीलाई कामकाजमा पठाउन खोजिएको ढकालले बताए ।

निजामती सेवा नियमावलीमा सरुवा वा कामकाजमा खटाउने सम्बन्धमा ५० वर्ष उमेर कटेका कर्मचारीको हकमा केही सुविधा छ । ५० वर्ष उमेर पुगेको कार्मचारीलाई निजले मागेकोबाहेक ‘क’ वर्गको भौगोलिक क्षेत्रमा सरुवा गर्न मिल्दैन । त्यस्तै, ५७ वर्ष पुगेका कर्मचारीलाई मागेको अवस्थामा बाहेक सरुवा नगरिने व्यवस्था छ । त्यस प्रावधानका कारण पनि मन्त्रालयले धेरै कर्मचारीलाई बाहिर पठाउन सकेको छैन ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कूटनीति, निर्वाचन प्रणाली र संघीयताका विषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
7h ago
सेवाग्राहीसँग घुस लिने नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीसँग घुस लिने नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता पर्वत गिरीका अनुसार ...

#नायब #सुब्बा
Compare →
Onlinekhabar
5d ago
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

९ मंसिर, रूपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला संकलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग …

#व्यवस्थापन
Compare →

Related Stories

Technology
Build #2635