Trending
Prev Story
Next Story

चार वटा संसदीय समितिको बैठक बस्दै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मंसिर, काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । जहाँ मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने कार्यसूची छ । टेन्डरको सबै …

चार वटा संसदीय समितिको बैठक बस्दै

८ मंसिर, काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । जहाँ मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने कार्यसूची छ ।

टेन्डरको सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर उजुरी परेको छ । उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर गरेका छन् ।

यस्तो उजुरी प्राप्त भएपछि समितिले उक्त उजुरीउपर छलफल गर्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेदेखि जारी छ । जहाँ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ विधेयकमा दफावार छलफल चलिरहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दैछ । जहाँ चलचित्र विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
चार संसदीय समितिको बैठक आज बस्दै, यी हुन् कार्यसूची

चार संसदीय समितिको बैठक आज बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ। बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै विज्ञहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ। बिहान १...

#समितिको #संसदीय #बस्दै
Compare →
Nagarik News
1d ago
पाँच संसदीय समितिको बैठक बस्दै

पाँच संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।

#समितिको #संसदीय #बस्दै
Compare →
Arthasansar
1d ago
अर्थ समितिको बैठक बस्दै, अर्थसम्बन्धी कानुन संशोधन विधेयकमाथि दफावार छलफल हुने

अर्थ समितिको बैठक बस्दै, अर्थसम्बन्धी कानुन संशोधन विधेयकमाथि दफावार छलफल हुने

आज प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्ने भएको छ। समितिको ३४औं बैठक मंसिर ८ गते मंगलबार बिहान ११ बजे बस्ने...

#समितिको #बस्दै
Compare →
Bizshala
1d ago
आज सर्वाधिक कारोबार टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

आज सर्वाधिक कारोबार टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । सोमबार सेयरबजारमा ३ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

#वटा
Compare →
Ekantipur
1d ago
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्दबारे ७ दिनभित्र कागजात उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताए ।

#संसदीय #समितिको
Compare →

Related Stories

Politics & Governance
Build #2625