Trending
Prev Story
Next Story

बर्दियामा धानको उत्पादन करिब १५ प्रतिशतले घट्यो

Ekantipur •
November 24, 2026 • 02:04 AM
8
8 reads 0 reactions

रोपाइका समय पर्याप्त वर्षा नहुँदा निकै सास्ती भोगेका किसानले धान भित्राउने समय भने लगातार झरी परेपछि क्षती व्योहोर्न बाध्य भएका थिए ।

बर्दियामा धानको उत्पादन करिब १५ प्रतिशतले घट्यो

रोपाइका समय पर्याप्त वर्षा नहुँदा निकै सास्ती भोगेका किसानले धान भित्राउने समय भने लगातार झरी परेपछि क्षती व्योहोर्न बाध्य भएका थिए ।

बर्दिया — वेमौसमी वर्षाका कारण यस वर्ष बर्दियामा धानको उत्पादन गत वर्ष भन्दा  करिब १५ प्रतिशतले घटेको छ । असोजमा परेको लगातारको वर्षाले भित्राउन लागेको धानवाली भिजेको र डुबेकोका कारण किसानले ठुलो क्षती व्योहोर्न परेको हो ।

यस वर्ष धान उत्पादनमा करिब १५ प्रतिशतले कमी आएको कृषि तथा पशु पंक्षी विकास कार्यालयका कृषि प्रसार अधिकृत सेतीराम बबालले बताए । एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालले सबै पालिकाको कृषि शाखाबाट धानवाली उत्पादनको तथ्यांक लिएका आधारमा उत्पादनमा कमी आएको जनाए ।

रोपाइका समय पर्याप्त वर्षा नहुँदा निकै सास्ती भोगेका किसानले धान भित्राउने समय भने लगातार झरी परेपछि क्षती व्योहोर्न बाध्य भएका थिए ।

बर्दियामा करिब ५० हजार १ सय हेक्टरमा धान खेती हुने गर्छ । गत  वर्ष बर्दियामा धानको उत्पादन २ लाख ३० हजार मेट्रिक टन भएको थियो । धानवाली भित्राउने सयम विगत केही वर्ष यता वेमौसमी वर्षा हुँदै आएकोले क्षती पुर्‍याउँदै आएको छ । यस वर्ष जिल्लाको राजापुर र गेरुवा बाहेक अन्य ६ पालिकामा वेमौसमी वर्षाले धानवालीलाई बढी क्षती पुर्‍याएको कृषि तथा पशुपंक्षी विकास कार्यालयले जनाएको छ ।

गुलरिया नगरपालिका–१० का किसान दिपक चौधरीले गत असोजमा परेको वेमौसमी वर्षातले यस वर्ष धानवालीलाई ठुलो क्षती पुर्‍याएको जनाए । धानवालीमा क्षती पुर्‍याएपनि सरकारले राहत उपलब्ध नगराएको उनले गुनासो पोखे ।

बर्दियाको राजापुर र गेरुवा पालिकामा दुई वाली धान लगाउने गरिन्छ । यहाँका किसानले चैते र वर्षे धान लगाउने गर्छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो मूल्यले खाद्य सुरक्षामा चुनौती थपिरहेका बेला स्थानीय उत्पादन र कृषि क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा ...

#उत्पादन #कृषि
Compare →
Nagarik News
1d ago
नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।

#धान
Compare →

Related Stories

Business & Economy
Build #2621