लोपोन्मुख राउटे समुदायको परम्परागत सिप, कला, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिहरूले सरकारसँग माग गरेका छन् ।
सोमबार कार्यवाहक प्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष भेट गरी राउटे समुदायका प्रतिनिधिहरूले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान जोगाउन राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )