Trending
Prev Story
Next Story

राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

७ मङ्सिर, काठमाडौँ। लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् । आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट …

राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

७ मङ्सिर, काठमाडौँ। लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् ।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी राउटे समुदायका प्रतिनिधिले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिकमन्त्री सीता वादीको उपस्थितिमा भएको छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो ।

छलफलमा ऊर्जामन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीपको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यसका लागि सरकार सकारात्मक रहेको बताए।

उनले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी समुदायको सीपलाई आयआर्जनसँग जोड्ने, भाषा तथा कलाको संरक्षण गर्ने र आवश्यक सामाजिक सुरक्षाको व्यवस्था मिलाउने दिशामा काम गर्नुपर्ने बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
सरकारसँग राउटे समुदायको माग: भाषा, संस्कृति र परम्परागत सीप संरक्षण गरिदिनुहोस्

सरकारसँग राउटे समुदायको माग: भाषा, संस्कृति र परम्परागत सीप संरक्षण गरिदिनुहोस्

लोपोन्मुख राउटे समुदायले आफ्नो परम्परागत सीप, कला, भाषा, संस्कृति र मौलिक पहिचान संरक्षणका लागि सरकारसँग विशेष पहल गर्न माग गरेको छ।

#राउटे #परम्परागत #संरक्षण
Compare →
Arthasansar
1w ago
कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक...

#पहिचान #संस्कृति #संरक्षण
Compare →
Hamro Patro News
1w ago
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा प्रधानमन्त्रीले स्वदेश ...

#संरक्षण #संस्कृति
Compare →
Ekantipur
7h ago
महिला तथा बालबालिकामन्त्री बादीसँगको भेटमा के मागे राउटे अगुवाले?

महिला तथा बालबालिकामन्त्री बादीसँगको भेटमा के मागे राउटे अगुवाले?

भेटघाटका क्रममा मन्त्री बादीले प्रधानमन्त्री र आफ्नो संयुक्त तस्बिर तथा मन्त्रालयको तस्बिर छापिएका सामग्रीसँगै साडी, पोते, जुत्तालगायतका आवश्यक सामग्री उपहारस्वरूप प्रदान गरिन्।

#राउटे
Compare →

Related Stories

Politics & Governance
Build #2612