Trending
Prev Story
Next Story

जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को …

जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधयादेश जारी गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन् ।

जारी भएपछि अध्यादेश ऐन सरह मान्य हुन्छ । २३ र २४ भदौ २०८२ मा जेनजी आन्दोलन भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालयमा रहेको अध्यादेशबाट हाल जेनजी आन्दोलनमा संलग्न भएको भन्दै मुद्दा खेपिरहेकाहरूको माग सम्बोधन गर्न लागिएको हो ।

यसका लागि आयोग बनाउने गरी अध्यादेश सिफारिस गरिएको हो ।

सरकारी अधिकारीहरूका अनुसार अध्यादेश जारी भएपछि जेनजी आन्दोलनका क्रममा भएका घटनासँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने, क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने र गम्भिर अपराधबाहेकका मुद्दालाई छिटो तथा व्यवस्थित रूपमा टुंग्याउने कानुनी आधार तयार गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
32m ago
जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

#अध्यादेश #आन्दोलन #मुद्दा
Compare →
Ekantipur
1h ago
जेन-जी आन्दोलनका घटना छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धी अध्यादेश सिफारिस

जेन-जी आन्दोलनका घटना छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धी अध्यादेश सिफारिस

२०८२ मंसिर २४ मा सरकार र जेन-जी आन्दोलनका अगुवाबीच १० बुँदे सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्नका लागि मन्त्रीपरिषद्को मंसिर ४ को बैठकले अध्यादेश सिफारिस गरेको हो ।

#अध्यादेश #आन्दोलन #छानबिन
Compare →
Hamro Patro News
21h ago
डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता ...

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612