Trending
Prev Story
Next Story

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

Nagarik News •
November 23, 2026 • 01:10 PM
2
2 reads 0 reactions

मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

जेन–जी आन्दोलनका मुद्दा टुंग्याउन आयोग गठनको तयारी, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेन–जी आन्दोलनका घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण र सम्बन्धित मुद्दाको शीघ्र निरूपण गर्न सरकारले तीन सदस्यीय आयोग गठन गर्ने तयारी गरेको छ।

सरकारले यससम्बन्धी अध्यादेश सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंसिर ४ गतेको बैठकबाट सिफारिस भएको ‘जेन–जी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ अहिले राष्ट्रपति कार्यालयमा पुगेको छ।

अध्यादेश जारी भएपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आयोग गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। आयोगमा एक अध्यक्ष र दुई सदस्य रहनेछन्। उच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति अध्यक्ष बन्न सक्नेछ। नियुक्त भएको मितिले आयोगको कार्यावधि तीन महिना हुनेछ। तोकिएको अवधिमा काम सम्पन्न नभए सरकारले म्याद थप गर्न सक्ने व्यवस्था पनि अध्यादेशमा छ।

आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा र प्रहरीमा अनुसन्धान भइरहेका उजुरी संकलन गर्नेछ। त्यसक्रममा घटनामा संलग्न पक्ष तथा भएको क्षतिको थप यकिन गर्ने र आन्दोलनका क्रममा क्षति पुगेका व्यक्ति तथा प्रतिवादीबीच मेलमिलाप गराउने जिम्मेवारी आयोगलाई दिइने प्रस्ताव छ।

तर, गम्भीर अपराधसँग सम्बन्धित मुद्दाको निरूपण गर्ने अधिकार भने आयोगलाई दिइएको छैन।

२०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाको निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र परिपूरणको व्यवस्था गर्नुपर्ने माग आन्दोलनकारीले उठाएका थिए। त्यसैलाई सम्बोधन गर्न २०८२ मंसिर २४ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेन–जी आन्दोलनका प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको थियो।

उक्त सम्झौताको मर्म र भावनाअनुसार आन्दोलनसँग सम्बन्धित मुद्दाको थप छानबिन, पक्षहरूबीच मेलमिलाप तथा पीडितलाई क्षतिपूर्ति र परिपूरणको व्यवस्था गर्न अध्यादेश आवश्यक परेको सरकारको प्रस्तावमा उल्लेख छ।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट सिफारिस भएको अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएपछि आयोग गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित: ७ मंसिर २०८३ १८:५५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा

७ मंसिर, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ। यसअघि बसेको मन्त्रि परिषद्को …

#अध्यादेश #आन्दोलन #मुद्दा
Compare →
Ekantipur
1h ago
जेन-जी आन्दोलनका घटना छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धी अध्यादेश सिफारिस

जेन-जी आन्दोलनका घटना छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग सम्बन्धी अध्यादेश सिफारिस

२०८२ मंसिर २४ मा सरकार र जेन-जी आन्दोलनका अगुवाबीच १० बुँदे सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्नका लागि मन्त्रीपरिषद्को मंसिर ४ को बैठकले अध्यादेश सिफारिस गरेको हो ।

#अध्यादेश #जेन #आन्दोलन
Compare →
Hamro Patro News
21h ago
डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

डेन्टल हाइजेनिस्ट एसोसिएसन आन्दोलनमा

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले १० बुँदे माग अघि सार्दै आगामी सोमबारदेखि धर्ना तथा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् र स्वास्थ्य तथा खाद्य स्वच्छता ...

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612