Trending
Prev Story
Next Story

उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको भेट

Nagarik News •
November 23, 2026 • 12:50 PM
3
3 reads 0 reactions

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि यूएईका राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

उक्त अवसरमा उपराष्ट्रपति यादवले दुई देशकाबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र यूएईबीच मित्रता, सहकार्य र आपसी विश्वासमा आधारित सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे।

उनले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली नागरिकका लागि उच्च आय र सीपयुक्त रोजगारीका थप अवसर सिर्जना गर्न अनुरोध गरे।

उपराष्ट्रपति यादवले पोखरा–दुबई–पोखरा सिधा उडान सञ्चालनका लागि राजदूत शम्सीको पहल र योगदानको प्रशंसा गर्दै दुबई–भैरहवा–दुबई उडान पुनः सञ्चालनका लागि आवश्यक पहल गरिदिन आग्रह पनि गरे।

त्यस अवसरमा राजदूत शम्सीले नेपाल र यूएईबीचको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ उचाइमा पुर्याउन यूएई इच्छुक रहेको बताए।

उनले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा यूएईले गरेको सहयोगको स्मरण गर्दै यस्तो मानवीय सहयोग भविष्यमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ७ मंसिर २०८३ १८:३५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

७ मङ्सिर, काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्ला अल शम्सीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली …

#उपराष्ट्रपति #यादव #सम्बन्ध
Compare →
Bizshala
20h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#सम्बन्ध #राजदूत
Compare →
Hamro Patro News
1d ago
एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार २०२६ मा पहिलो जित दर्ता गरेको छ। आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो...

#यूएई
Compare →
Ekantipur
1d ago
नेपालद्वारा यूएई पराजित

नेपालद्वारा यूएई पराजित

कतारमा भइरहेको प्रतियोगितामा नेपालले आइतबार यूएईलाई ६ विकेटले पराजित गरेको हो ।

#यूएई
Compare →
Arthasansar
1d ago
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग...

#यूएई
Compare →

Related Stories

Politics & Governance
Build #2612