Trending
Prev Story
Next Story

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

Arthasansar •
November 23, 2026 • 12:06 PM
5
5 reads 0 reactions

नेपालको पहिलो केबलकारका रूपमा सञ्चालित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन...

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

नेपालको पहिलो केबलकारका रूपमा सञ्चालित मनकामना केबलकारले २८ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को-इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले मंसिर ८ गते २८ वर्ष पूरा गरेको हो । कम्पनीका अनुसार हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले केबलकारमार्फत सेवा लिइसकेका छन् ।

समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले केबलकारको सफल यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारप्रति आभार व्यक्त गरेको छ । साथै, सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएको छ । आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

काठमाडौं । नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ २८औँ वर्षको सफल सञ्चालन पूरा गरी मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूहअन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित यस...

#केबलकार #मनकामना #२९औँ
Compare →
Ekantipur
1d ago
मनकामना केबलकार २९औं वर्षमा, सेवामा उत्कृष्टता दिने प्रतिबद्धता

मनकामना केबलकार २९औं वर्षमा, सेवामा उत्कृष्टता दिने प्रतिबद्धता

कम्पनीले केबलकारको सफल सञ्चालनमा यात्रुले देखाएको माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गरेको छ । कम्पनीलाई यस उचाइसम्म पुर्‍याउन योगदान गर्ने कर्मचारीहरूको निष्ठा र समर्पणको प्रशंसासमेत गरेको छ ।

#केबलकार #मनकामना #वर्षमा
Compare →
Nagarik News
3d ago
भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

भारत प्रवेश गर्यो ‘अकवान’ चक्रवात, नेपालमा कस्तो प्रभाव पर्ला ?

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अकवान’ भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा प्रवेश गरेको छ।

#प्रवेश
Compare →
Bizshala
1w ago
बन्दीपुर केबलकार पहिलो त्रैमासमै झण्डै २ करोड घाटामा, आम्दानी बढे पनि खर्चको चाप उच्च

बन्दीपुर केबलकार पहिलो त्रैमासमै झण्डै २ करोड घाटामा, आम्दानी बढे पनि खर्चको चाप उच्च

काठमाण्डौ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ करोड ९६ लाख ९६ हजार...

#केबलकार
Compare →

Related Stories

National (Nepal)
Build #2612