Trending
Prev Story
Next Story

बाढी प्रभावित क्षेत्रका संस्थालाई टीभीएस र जगदम्बा मोटर्सको सहयोग, २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

Bizshala •
November 23, 2026 • 12:05 PM
4
4 reads 0 reactions

काठमाण्डौ । टीभीएस मोटर कम्पनी र नेपालका लागि यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्व...

बाढी प्रभावित क्षेत्रका संस्थालाई टीभीएस र जगदम्बा मोटर्सको सहयोग, २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

काठमाण्डौ । टीभीएस मोटर कम्पनी र नेपालका लागि यसको आधिकारिक वितरक जगदम्बा मोटर्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेका छन्।

दुवै कम्पनीले बाढी प्रभावित क्षेत्रका समुदायको पुनःस्थापना र पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यसहित प्रहरी कार्यालय, अस्पताल, विद्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई मोटरसाइकल उपलब्ध गराएका हुन्।

हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र रसुवालाई पाँच–पाँच वटा प्रदान गरिएको छ। त्यस्तै, विदुर नगरपालिकालाई दुईवटा तथा नुवाकोट केन्द्रीय कारागार र त्रिशूली अस्पताललाई एक–एक वटा मोटरसाइकल उपलब्ध गराइएको छ।

यसैगरी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई पनि एक–एक वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ।

कम्पनीका अनुसार यस सहयोगले स्थानीय तह तथा सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरूको आवागमन सहज बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

विशेषगरी बाढीबाट प्रभावित समुदायमा कार्यरत संस्थाहरूलाई यातायातको सुविधा उपलब्ध गराउँदा उनीहरूको कार्यसम्पादन क्षमता अभिवृद्धि हुने र समुदायले प्राप्त गर्ने सेवाको पहुँच विस्तार हुने कम्पनीको विश्वास छ।

टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै व्यावसायिक विस्तारसँगै समुदायको हितमा योगदान पुर्‍याउनु पनि कम्पनीको प्राथमिकता रहेको बताए।

‘नेपाल टीभीएस मोटर कम्पनीका लागि महत्त्वपूर्ण बजार हो। हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्‍याउनु पनि उत्तिकै आवश्यक छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘विभिन्न संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ।

टीभीएस र जगदम्बा मोटर्सले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्थानीय समुदायको विकास र सार्वजनिक सेवा प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
23h ago
सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ`त्यु, चालक पक्राउ परेपछि खुल्यो राजमार्ग

सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि जुम्लामा दुई दिनदेखि जारी विरोध प्रदर्शन सहमतिपछि स्थगित भएको छ। घटनामा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ।

#मोटरसाइकल
Compare →
Hamro Patro News
1d ago
वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ ...

#वटा
Compare →
Ekantipur
1d ago
गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गाउँपालिकाको मोटरसाइकलको ठक्करबाट स्थानीयको मृत्युपछि जुल्ला सदरमुकाम खलंगामा बिहानैदेखि तनाव

गत शुक्रबार बेलुकी सरकारी मोटरसाइकलको ठक्करबाट चन्दननाथ नगरपालिका–६ का हेमबहादुर महतको मृत्यु भएपछि आफन्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन थालेका छन् ।

#मोटरसाइकल
Compare →
Onlinekhabar
3d ago
अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

अघि बढ्यो चार वटा विधेयकमाथि दफावार छलफल

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय विषयगत समितिमा विचाराधीन चार वटा विधेयकमाथि दफावार छलफल अघि बढेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चलचित्र विधेयकमाथि छलफल अघि बढाएको छ । यसबारे छलफल गर्न सोमबार …

#वटा
Compare →

Related Stories

Science & Climate
Build #2612