Trending
Prev Story
Next Story

‘ट्रम्पले किमलाई गरेका फोनहरूको कुनै जवाफ आएन, पत्र नखोलीकनै फिर्ता गरियो’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्पर्क गर्ने प्रयास गरेका थिए। तर, उनले कुनै जवाफ पाएनन्। विषयबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट …

‘ट्रम्पले किमलाई गरेका फोनहरूको कुनै जवाफ आएन, पत्र नखोलीकनै फिर्ता गरियो’

७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्पर्क गर्ने प्रयास गरेका थिए। तर, उनले कुनै जवाफ पाएनन्। विषयबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले एक रिपोर्ट प्रकाशित गरेको  छ ।

त्यसपछि ट्रम्पले किमलाई पत्र लेखेका थिए। ह्वाइट हाउसका अधिकारीहरूले म्यानहट्टनस्थित प्योङयाङको युएन मिसनबाहिर उत्तर कोरियाली कूटनीतिज्ञलाई उक्त पत्र हस्तान्तरण गर्ने व्यवस्था मिलाएका थिए। पछि ती कूटनीतिज्ञले युएनको एक बैठकमा अमेरिकी प्रतिनिधिको अगाडि नखोलीकनै उक्त पत्र फ्याँकिदिएको रिपोर्टमा उल्लेख छ।

यद्यपि, प्रशासनका एक अधिकारीले शनिबार वाल स्ट्रिट जर्नललाई भेटवार्ताको मध्यस्थता गर्न कुनै प्रयास नगरिएको बताएका छन्। ह्वाइट हाउसले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणप्रति आफू प्रतिबद्ध रहेको बताएको छ।

यस विषयमा प्रतिक्रियाका लागि उत्तर कोरियाको युएन मिसनसँग सम्पर्क हुन नसकेको अखबारले जनाएको छ।

ट्रम्पको हालैको एसिया भ्रमणका क्रममा पनि दुई पक्षले भेटवार्ताको सम्भावना खोजेका थिए। तर, किमका सर्तहरू वासिङ्टनलाई अस्वीकार्य थिए।

अमेरिकी अधिकारीहरूले कूटनीतिक कदमहरूको बदलामा आणविक र मिसाइल परीक्षणमा सीमा तोक्ने विषयमा विचार गरेका थिए। ती कूटनीतिक कदमहरूमा कोरियाली युद्धको औपचारिक अन्त्य गर्ने विषयसमेत समावेश थियो।

यस्तै, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री) को सन् २०२६ को मूल्याङ्कनले उत्तर कोरियाले सम्भवतः करिब ६० वटा न्युक्लियर वारहेड तयार पारिसकेको अनुमान गरेको छ।

उत्तर कोरियासँग कम्तीमा ३० वटा थप वारहेड बनाउन पुग्ने फिसाइल मटेरियल रहेको संस्थाले बताएको छ। फिसाइल मटेरियल आणविक हतियारमा प्रयोग हुने पदार्थ हो। उत्तर कोरियाले यसको उत्पादनलाई तीव्रता दिइरहेको सिप्रीले जनाएको छ।

प्योङयाङले सन् २०२५ मा पनि नयाँ मिसाइल सिस्टमहरू सार्वजनिक गर्ने र परीक्षण गर्ने कार्य जारी राखेको सिप्रीले बताएको छ। यसमा ठोस इन्धनयुक्त ह्वासोङ-२० इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल समावेश छ।

साथै, मिसाइल डिफेन्स प्रणालीलाई छल्न डिजाइन गरिएका म्यानुभरेबल मध्यम दूरीका सिस्टमहरू पनि यसमा परेका छन्।

अमेरिकी इन्टेलिजेन्स कम्युनिटीको सन् २०२५ को प्रतिवेदनमा भनिएको छ, ‘किमको आफ्ना रणनीतिक हतियार कार्यक्रमहरूबारे वार्ता गरेर तिनलाई त्याग्ने कुनै मनसाय छैन।’ किमले ती हतियारहरूलाई शासनको सुरक्षा र राष्ट्रिय गौरवको ग्यारेन्टीका रूपमा हेरेको मूल्याङ्कनमा उल्लेख छ।

सन् २०२६ को मूल्याङ्कनले पनि उत्तर कोरिया आफ्ना मिसाइल र न्युक्लियर वारहेडहरू विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ। रुसलाई गरिएको हातहतियार बिक्री र बढ्दो व्यापारले देशको विदेशी मुद्रा आम्दानी बढाएको छ। यसका साथै क्रिप्टोकरेन्सी चोरीलगायतका अवैध साइबर गतिविधिहरूले पनि आम्दानी बढाउन मद्दत गरेको प्रतिवेदनमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

उत्तर कोरियाली सर्वोच्च नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको उठाएनन् फोन, बुझ्नै मानेनन् पत्र

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवादका लागि गरेको प्रयास असफल भएको छ । ट्रम्पले फोनमार्फत सम्पर्क गर्न खोज्दा किमले कुनै प्रतिक्रिया नदिएको र पठाएक...

#ट्रम्प #किम #अमेरिकी
Compare →
Nagarik News
10h ago
किम जोङले ट्रम्पको फोन उठाएनन्, पत्रसमेत फर्काइदिए

किम जोङले ट्रम्पको फोन उठाएनन्, पत्रसमेत फर्काइदिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई फोन गरे पनि उनले कुनै जवाफ दिएनन्।

#ट्रम्प #किम #पत्र
Compare →
Ekantipur
4h ago
ट्रम्पसँगको भेट अस्वीकारपछि किम जोङ उनद्वारा ‘सार्वभौमसत्ता’ मा जोड

ट्रम्पसँगको भेट अस्वीकारपछि किम जोङ उनद्वारा ‘सार्वभौमसत्ता’ मा जोड

गत साता चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, चिनियाँ र रुसी राष्ट्रपतिसँगको ऐतिहासिक शिखर वार्तापछि किमलाई नभेटी ट्रम्प बिहीबार एसिया भ्रमणबाट फर्किएका थिए

#ट्रम्प #किम
Compare →

Related Stories

Australia & Pacific
Build #2612