Trending
Prev Story
Next Story

रास्वपाका सांसदद्वय केपी खनाल र आशिका तामाङबीच विवाद

Ekantipur •
November 23, 2026 • 09:02 AM
6
6 reads 0 reactions

सांसद केपी खनाललाई फोन गर्दा स्वकीयले उठाएर ह्वाट्सएपमा फोन गर्नुस् भनेपछि सांसद आशिका तामाङले सामाजिक संजालमा आक्रोश व्यक्त गरिन् । त्यसपछि सांसद खनालले सांसद तामाङलाई फोन गरेर भने- तपाईं पनि हर्क सम्पाङको बाटोमा हिँड्नु भएको हो ?

रास्वपाका सांसदद्वय केपी खनाल र आशिका तामाङबीच विवाद

सांसद केपी खनाललाई फोन गर्दा स्वकीयले उठाएर ह्वाट्सएपमा फोन गर्नुस् भनेपछि सांसद आशिका तामाङले सामाजिक संजालमा आक्रोश व्यक्त गरिन् । त्यसपछि सांसद खनालले सांसद तामाङलाई फोन गरेर भने- तपाईं पनि हर्क सम्पाङको बाटोमा हिँड्नु भएको हो ?

काठमाडौँ — सत्तारुढ‍ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय केपी खनाल र आशिका तामाङबीचको विवाद सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।

सांसद तामाङले सोमबार सामाजिक संजालमा सांसद खनाललाई फोन गर्दा स्वकीय सचिवले उठाउने गरेको भन्दै असन्तुष्टि र आक्रोश व्यक्त गरेकी थिइन् । जनताबाट निर्वाचित सांसदले फोन नउठाउँदा सर्वसाधारण मतदाताले कसरी सम्पर्क गर्ने भनी उनले प्रश्न गरेकी थिइन् । 'केपी खनाल भाइलाई एउटा जनमुद्दा लिएर फोन गरेको थिए, उहाँको स्वकीयले फोन उठाउनु भो, खै भाइ ! केपी खनाल भाइलाई फोन दिनुस् भनेको त ह्वाट्सएपमा कल गर्नुस्, ह्वाट्सएपबाहेक अरुमा कल उठाउनु  हुन्न रे ! म त तीनछक परे,' तामाङले लेखेकी थिइन्, 'अरे, एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न, कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक, जो टुकटुके मोबाइल चलाउनु हुन्छ ती गरिब, निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ ?'

यो स्टाटस राखेपछि आफूलाई सांसद खनालले फोन गरेको र असन्तुष्टि जनाएको सांसद तामाङले सामाजिक संजालमा लेखेकी छन् । 'केपी खनाल भाइले कल गर्नु भएर 'तपाईंले मेरो बदनाम गराउने नियत छ भने अर्को कुरा हो, मेरो काम फोन उठाउने होइन, जनताको मुद्दा उठाउने काम हो' भन्नु भयो । 'तपाईं पनि हर्क सम्पाङ (श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद) को बाटोमा हिँड्नु भएको हो भने छुट्टै कुरो हो दिदी, मलाई कति ठाउँ बाट प्रेसर छ, तपाईलाई मैले दिदी मानेको थिएँ' भनेर गुनासो गर्नु भो,' तामाले लेखेकी छन् ।

सांसद तामाङले भने सिधै फोन सम्पर्कमा हुनुपर्ने कुरा उठाएकी छन् । सर्वसाधारणले फोन गर्दा सांसद उपलब्ध हुनुपर्ने तामाङको भनाइ छ । सामाजिक संजालमार्फत नै सांसद तामाङले सांसद खनाललाई सुझाव दिएकी छन्, 'मेरो प्रश्न तपाईंसँग के हो भने जसरी तपाईंले मलाई फोन गर्दा मसँग सिधै फोनमा कुरा गर्नु भयो नि, हो त्यसरी नै अन्य सर्वसाधारण नागरिकले फोनमार्फत समस्या, गुनासो पोख्न पाउनुपर्छ न कि त्यो तपाईंको ह्वाट्सएपमा मात्रै सिमित होस् । म बुझ्छु, कहिलेकाहीँ फोन अफ हुन्छ, मान्छे बिरामी हुनसक्छ तर तपाईंलाई मैले आजमात्र होइन हरेक पल्ट फोन गर्दाखेरि तपाईंको स्वकीयले जहिले मलाई ह्वाट्सएपमा कल गर्नुस् भन्छ, मलाई अप्ठ्यारो लागेर कतिपल्ट त मैले फोनै गरिनँ,' उनले लेखेकी छन् ।

सांसदलाई समयको चाप हुने पनि तामाङले लेखेकी छन् । उनले अगाडि लेखेकी छन्, 'हामी सबैजना सांसदहरू जनताको सेवा गर्नै आएका हौं । हिजोको दिनमा तपाईं कसैको छोरा, कसैको भाइ मात्र हुनुहुन्थ्यो होला तर आज तपाईं तीन करोड जनताको साझा छोरा हुनुहुन्छ । आफ्नो जनतासँग बोल्नको लागि ह्वाट्सएप कल भनेर विकल्प नराख्नुस्, मैले भन्न खोजेको यति हो अरु केही होइन ।'

सांसद खनालले आफ्नो काम गर्ने समूह रहेकोबारे फोनमा जानकारी दिएको पनि सांसद तामाङले बताइन् । काम गर्न समूह आफ्नो पनि भएको भन्दै सिधै कुरा राख्नुपर्ने विषय हुँदा कसरी सम्पर्क गर्ने भन्ने प्रश्न उठाएकी छन् । उनले अगाडि लेखेकी छन्, 'भाइको काम गर्ने टिम छ भनेर भन्नुभयो, टिम त मेरो नि छ, नेपाल सरकारले सबैजना सांसदहरूलाई स्वकीय सचिव दिएको छ । सबै फोनहरू उठाएर नि भ्याउँदैन यो कुरा म बुझ्छु । तर कुनै कुनै कुराहरू सिधै सम्बन्धित सांसदसँग राख्नुपर्ने हुन्छ । कतिपय जनताहरूले आफ्नो सांसदसँग सिधै संवाद गर्न खोज्छन् । सबैसँग महंगा फोन हुँदैन, कसैको त नोकियाको टुकटुके फोन पनि हुन्छ ।'

सांसद खनालले भने आफू निर्वाचन क्षेत्रका कार्यक्रममा व्यस्त रहेको बताएका छन् । संसद् अधिवेशन नभएको बेलामा आफ्नो निर्वाचन क्षेत्रमा लागु औषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम चलाइरहेको, जनताका गुनासो सुनिरहेको, जनतासँग अन्तरक्रिया गरिरहेको उनको भनाइ छ । सांसद तामाङले आफ्नो सम्बन्धमा सामाजिक संजालमा लेखेको बेलामा पनि आफू निर्वाचन क्षेत्रमा मतदातासँग आयोजित कार्यक्रममा रहेको खनालले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
केपी खनालले फोन गरेर आफूलाई बदनाम गराउन खोजेको भनेपछि रिसाइन् आशिका, कारण के हो ?

केपी खनालले फोन गरेर आफूलाई बदनाम गराउन खोजेको भनेपछि रिसाइन् आशिका, कारण के हो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसद केपी खनाललाई जनतासँग प्रत्यक्ष फोन संवाद गर्न आग्रह गरेकी छन्।

#सांसद #फोन #खनाल
Compare →
Hamro Patro News
2d ago
कांग्रेसबारे रास्वपा सांसदको विवादास्पद संवाद सार्वजनिक

कांग्रेसबारे रास्वपा सांसदको विवादास्पद संवाद सार्वजनिक

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको विवादास्पद संवादसहितको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सांसद श्रीराम न्यौपाने र प्रतिनिधिसभाको...

#सांसद #रास्वपा #विवाद
Compare →
Onlinekhabar
2d ago
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

५ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको थियो …

#खनाल
Compare →

Related Stories

Politics & Governance
Build #2612