Trending
Prev Story
Next Story

नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् …

नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई *दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ ।

आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।

त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन । तर त्यसमध्ये एक खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदानको हिस्सा रहेको स्रोतले बतायो ।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । त्यसमध्ये भारतले नेपालले अनुरोध गरेअनुरुप नै ऋण सहयोग घोषणा गरेको हो । तर अनुदान रकम भने घटाइएको छ ।

१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।

भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको थिए । सन् २०१५ मा नेपालमा ठूलो भूकम्प गएपछि त्यसलाई भूकम्पको पुनर्निर्माणका लागि गर्ने सहयोगमा  रुपान्तरण गरिएको थियो ।

त्यो एक अर्ब डलरमध्य २५ करोडलाई अनुदान र ७५ करोडलाई ऋण बनाइएको थियो । २५ करोड डलर सहयोग भूकम्पपछिको पुनर्निर्माणमा खर्च भयो । तर ७५ करोड डलर लाइन अफ क्रेडिट मध्ये ५ करोड डलर मात्रै खर्च हुनसक्यो ।

भारतको लाइन अफ क्रेडिटबाट बन्ने आयोजनामा ७५ प्रतिशत वस्तु भारतीय नै उपयोग गर्नुपर्ने नियम रहेकाले भारतले घोषणा गरेको मध्ये करिब ८५ अर्ब भारु ऋण उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

‘भारतले पहिल्यै प्रतिबद्धता गरेको ९० करोड डलर खर्च हुन नसकेपछि नेपालले २०२४ मा रद्द गरेको थियो । त्यसमा १० करोड डलर हाराहारी थपर १ खर्ब भारुको एलओसीको घोषणा होस् भन्ने हाम्रो अनुरोध थियो । त्यसमा भारत सहमत हुन्छ होला । तर, अनुदान रकम भने कम गरेर मात्रै सहमति भयो,’ स्रोत भन्छ ।

* यसअघि समाचारमा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको उल्लेख भएकाले सच्याइएको छ । सं.

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1h ago
नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब आर्थिक सहयोग गर्ने मोदीको घोषणा

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको...

#बालेन-शाह #खर्ब #घोषणा
Compare →
Nagarik News
2h ago
नेपालको पूर्वाधार सुधारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ दिने भारतको घोषणा

नेपालको पूर्वाधार सुधारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ दिने भारतको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन्।

#बालेन-शाह #घोषणा #भारत
Compare →
Ekantipur
1h ago
भारतले नेपालका लागि घोषणा गर्‍यो २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज

भारतले नेपालका लागि घोषणा गर्‍यो २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।

#घोषणा #भारत #खर्ब
Compare →
Bizshala
1h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#बालेन-शाह #भारत #मोदी
Compare →
Hamro Patro News
7h ago
आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता:  हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता: हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमण आज महत्वपूर्ण कूटनीतिक मोडमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा हुने उच्चस्तरीय वार्ताले नेपाल–भार...

#बालेन-शाह #भारत #मोदी
Compare →

Related Stories

National (Nepal)
Build #2612