Trending
Prev Story
Next Story

गर्भावस्थाका एक तिहाइभन्दा बढी महिला हिंसामा :  अध्ययन

Ekantipur •
April 22, 2026 • 04:49 PM
5
5 reads 0 reactions

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुत गरेको तथ्य अन्वेषण अध्ययनमा धेरैजसो गृहणी हिंसाको सिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएको, उल्लेख्य मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको उल्लेख छ ।

गर्भावस्थाका एक तिहाइभन्दा बढी महिला हिंसामा :  अध्ययन

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुत गरेको तथ्य अन्वेषण अध्ययनमा धेरैजसो गृहणी हिंसाको सिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएको, उल्लेख्य मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको उल्लेख छ ।

काठमाडौं — सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक प्रसूति सेवाको व्यवस्था गरे पनि गर्भावस्थाका महिला दुर्व्यवहार र हिंसाको शिकार बनिरहेको एक अध्ययनले देखाएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले गरेको अध्ययनले गर्भावस्था, प्रसव र प्रसवोत्तर अवस्थाका एक तिहाइभन्दा बढी महिलाले दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघन भोगिरहेको देखाएको हो ।

एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुत गरेको तथ्य अन्वेषण अध्ययनमा धेरैजसो गृहणी हिंसाको शिकार बनेको, परिवारका सदस्य, नातेदार, छिमेकी र श्रीमान् पीडक भएको, उल्लेख्य मात्रामा सेवा प्रदायकले पनि हिंसा गरेको उल्लेख छ । भावनात्मक, शारीरिक र यौन हिंसाहरूमध्ये भावनात्मक हिंसा एक तिहाइभन्दा बढी हुने गरेको पाइएको छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलामाथि अझ बढी हिंसा भएको, मधेशका गर्भवती महिला र सुदूरपश्चिमका प्रसव र प्रसवोत्तरका महिलाले बढी भावनात्मक हिंसा भोग्नु परेको तथ्य अन्वेषणले देखाएको छ ।

श्रेष्ठका अनुसार नेपालमा गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा महिलाहरूले भोग्नु परेका विभिन्न प्रकारका दुर्व्यवहार, हिंसा र अधिकार उल्लंघनको प्रकृति पहिचान र विस्तृत रुपमा दस्तावेजीकरण गर्न तथ्य अन्वेषण गरएिको हो । यस अवस्थाको आत्मसम्मानपूर्वक उपभोग गर्न पाउने अवस्था बनाउन कानुन तथा नीति, योजना र कार्यक्रमलाई सुधार र परिमार्जन गर्न समेत अध्ययनले सहयोग गर्ने उनको भनाइ छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा बसोबास गर्ने ५६० गर्भवती, ५६० प्रसव र ५६० प्रसवोत्तरका १ हजार ६८० महिलामा तथ्य अन्वेषण गरिएको थियो । अधिवक्ता श्रेष्ठका अनुसार ७ वटा प्रदेशका १४ जिल्लाका २८ वटा पालिकामा अध्ययन गरिएको थियो । प्रत्येक पालिकाबाट ६० महिला (२० गर्भवती, ४२ दिनभित्रका २० सुत्केरी र ३ महिनाभित्रका २० सुत्केरी)लाई अध्ययनमा संलग्न गराइएको थियो ।

३८ दशमलब ४ प्रतिशत गर्भवती, ३७ दशमलब ९ प्रतिशत प्रसव र ३५ दशमबल ९ प्रतिशत महिलाले हिंसा भोग्नु परेको तथ्यांकले देखाउँछ । यसैगरी, ३० दशमलब ७ प्रतिशत गर्भवती, ३२ दशमलब ७ प्रतिशत प्रसव र ३० प्रतिशत प्रसवोत्तर महिलाले भावनात्मक हिंसा भोग्नु परेको थियो । यस्तै, ४ दशमलब ५ प्रतिशत गर्भवती, ३ दशमलब २ प्रतिशत प्रसव र ४ दशमलब ५ प्रतिशत प्रसवोत्तर महिलाले शारीरिक हिंसा र १६ दशमलब १ प्रतिशत गर्भवती, ९ दशमलब ५ प्रतिशत प्रसव र १६ दशमलब ४ प्रतिशत प्रसवोत्तर महिलाले यौन हिंसा भोग्नु परेको तथ्यांकमा देखाइएको छ ।

गर्भवती, प्रसव र प्रसवोत्तर हिंसा गर्नेमा परिवारका सदस्य र नातेदार सबैभन्दा अगाडि देखिन्छन् । ६० प्रतिशत गर्भवती, ६४ दशमलब ४ प्रतिशत प्रसव र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवारका सदस्य र नातेदारबाट हिंसा हुने गरेको अध्ययनले देखाएको छ ।

५२ दशमलब १ प्रतिशत गर्भवती, ४४ दशमलब ९ प्रतिशत प्रसव र ४७ दशमलब ४७ दशमलब ८ प्रतिशत प्रसवोत्तर महिलामाथि श्रीमानले हिंसा गरेको पाइयो । यसैगरी, २६ प्रतिशत गर्भवती, २२ दशमलब ७ प्रतिशत प्रसव र १३ दशमबल ४ प्रतिशत प्रसवोत्तर महिलामाथि सेवा प्रदायकबाट हिंसा हुने गरेको तथ्यांकले देखाउँछ ।

कोशी प्रदेशको संखुवासभा र मोरङ, मधेश प्रदेशको सिराहा र धनुषा, बागमतीको काठमाडौं र मकवानपुर, गण्डकी प्रदेशको लमजुङ र कास्की, लुम्बिनी प्रदेशको कपिलवस्तु र दाङ, कर्णाली प्रदेशको मुगु र सुर्खेत र सुदुरपश्चिमको कैलाली र डडेल्धुरा जिल्लाको पालिकालाई अध्ययन क्षेत्र बनाइएको थियो ।

अध्ययनअघि नेपाल हेल्थ रिसर्च काउन्सिलबाट अनुमति लिइएको थियो । त्यसपछि ह्वाइट रिबन एलाइन्सको मान्यताअनुरुप सम्मानजनक मातृत्व हेरचाहका ७ सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर प्रश्नावली तयार पारिएको थियो । अधिवक्ता श्रेष्ठका अनुसार तालिमप्राप्त जनशक्तिमार्फत् अध्ययन गरिएको हो । अध्ययन अक्टोबरदेखि डिसेम्बर २०२५ मा गरिएकाे थियो ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

हार्वर्ड अध्ययनको निष्कर्ष: विद्यालयमा मोबाइल प्रतिबन्ध गर्दा नतिजामा सुधार

काठमाडौं । विद्यालयमा मोबाइल फोन प्रयोगमा कडाइ गर्दा विद्यार्थीको शैक्षिक प्रदर्शनमा सुधार आउने एक अध्ययनले देखाएको छ ।

#अध्ययन
Compare →
Nagarik News
2d ago
न्याय माग्दै प्रहरी धाइरहेकी महिला, हिंसाको आरोप लागेका व्यक्ति प्रहरीबाट सम्मानित!

न्याय माग्दै प्रहरी धाइरहेकी महिला, हिंसाको आरोप लागेका व्यक्ति प्रहरीबाट सम्मानित!

ममता सिंहले गत असार ११ गते आफूमाथि मनिष सिंहले कुटपिट गर्दै अनैतिक सम्बन्ध राख्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन्।

#हिंसा
Compare →
Onlinekhabar
2d ago
उद्योगलाई वातावरणीय अध्ययनमा सहजीकरण गरिँदै

उद्योगलाई वातावरणीय अध्ययनमा सहजीकरण गरिँदै

६ मंसिर, काठमाडौं । सरकारले उद्योगका लागि वातावरणीय अध्ययनमा सहजीकरण गर्ने भएको छ । सरकारले एक साथ दर्जनौं ऐन संशोधन तयारी गरेको छ । अध्यादेश मार्फत औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्दै सरकारले उद्योगको पूँजी वृद्धि, …

#अध्ययन
Compare →
Bizshala
3d ago
पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले विकास आयोजना अघि बढाउनुअघि सम्बन्धित क्षेत्रको भौगर्भिक अवस्था र सम्भावित...

#अध्ययन
Compare →

Related Stories

Education & Youth
Build #2612