Trending
Prev Story
Next Story

राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पण गरेपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश …

राजघाटमा बालेनको सन्देश : करुणा नै सर्वोच्च शक्ति, निस्वार्थ सेवा नै साँचो नेतृत्व

७ मंसिर, काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। भ्रमणको दोस्रो दिन सोमबार राजघाटमा माल्यार्पण गरेपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेखेका हुन्।

आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्।

भगवान् बुद्धको जन्मभूमिबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको बताएका छन्।

नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएको उल्लेख गर्दै उनले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

यस्तो छ आगन्तुक पुस्तिकामा लेखिएको सन्देशको पूर्ण पाठ:

यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्‍यो।

नेपाली जनता र नेपाल सरकारको तर्फबाट म गहिरो श्रद्धासुमन अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आएको नाताले म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछु : करुणा नै सर्वोच्च शक्ति हो र हामीमध्येका सबैभन्दा निमुखाको निस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित हुन्छ भन्ने गहन सत्य।

नेपाल र भारत साझा भूगोलले मात्र होइन; आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले बाँधिएका छन्। गान्धीजीको कालजयी भावनाप्रति सम्मान प्रकट गर्दै म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई पोषित गर्ने नेपालको गम्भीर प्रतिबद्धता पुनः व्यक्त गर्दछु।

गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
28m ago
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

#बालेन-शाह #राजघाट #भ्रमण
Compare →
Hamro Patro News
3h ago
यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

यस्तो छ भारतमा प्रधानमन्त्री बालेनको आजको कार्यक्रम

काठमाडौं । आइतबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
12h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
8m ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#बालेन-शाह #भारत
Compare →
Ekantipur
18h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

भारत जाने नेपाली कामदार भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बैंकिङ सुविधा, श्रमिक सुरक्षा, बीमा, क्षतिपूर्ति र सीमामा हुने सास्तीका हाम्रा समस्या पनि उठाइयोस्।'

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612