Trending
Prev Story
Next Story

रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

Nagarik News •
November 23, 2026 • 04:01 AM
3
3 reads 0 reactions

जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतुलाई भौतिक रूपमै थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

यसले दुई देशका नागरिकबीचको आत्मीयता र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने, आर्थिक उन्नयन हुने भन्दै यस क्षेत्रका राजनीतिक दल र सरोकारवालाले खुसी व्यक्त गरेका छन्। जनकपुरधाम माता सीताको जन्मभूमि हो भने अयोध्या भगवान् रामको।

रामायणसँग जोडिएका दुई ऐतिहासिक धार्मिक नगरीबीच रेल सेवा सञ्चालन हुन लागेको विषयलाई धार्मिक पर्यटन प्रवर्द्धनका साथै दुई देशबीचको सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ।

भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पिआइबी) ले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल सेवाले विहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ। नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा उक्त रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ।

निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८:१० बजे अयोध्याको क्यान्ट पुग्नेछ।

त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्ने प्रबन्धक पराजुलीले बताए।

उक्त रेलको जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्। ती स्थानबाट यात्रु चढ्न तथा ओर्लन सक्ने व्यवस्था गरिएको छ।

उत्तर रेल्वे, लखनउ, मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणा अनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी ‘नयाँ वन्दे भारत एक्सप्रेस’ रेललाई आज दिउँसो हरियो झन्डा देखाएर सेवा शुभारम्भ गर्ने कार्यक्रम छ।

जनकपुरधाम र अयोध्या दुवै रामायणसँग सम्बन्धित धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र हुन्। जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिँदै आएको छ। यी दुई सहरबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटक तथा श्रद्धालुको आवागमन सहज हुने र रामायण सर्किटको अवधारणालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका नेता तथा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न रेल सेवा कोसेढुङ्गा साबित हुने बताए।

उनले रेल सेवा सञ्चालनले धार्मिक पर्यटनसँगै नेपाल–भारतबीच जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने उल्लेख गर्दै मधेस प्रदेशको कृषि, उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

भारतका विभिन्न स्थानबाट अयोध्या आउने तीर्थयात्रीलाई जनकपुरधामसम्म ल्याउन र नेपालबाट अयोध्या जाने श्रद्धालुलाई सहज आवागमनको व्यवस्था गर्न रेल सेवाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जनकपुरधाम–अयोध्या रेल सेवाले दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यमा पर्यटक आवागमन बढाउने बताए। उनले जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, विवाहमण्डप तथा मिथिलाको मौलिक कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न रेल सेवाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

धार्मिक पर्यटकको आगमन बढेपछि स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटक पथप्रदर्शक तथा हस्तकला क्षेत्रमा आबद्ध व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ। त्यसका लागि पर्यटकमैत्री पूर्वाधार, सरसफाइ, आवास, सुरक्षा, सूचना तथा यातायात व्यवस्थापनमा सुधार गर्नुपर्ने उनले बताए।

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको खबरले खुसी लागेको बताए। लामो समयदेखि पहल हुँदै आए पनि सञ्चालन हुन नसकेको रेल सेवा अहिले कार्यान्वयनको चरणमा पुग्नु सकारात्मक भएको उनको भनाइ छ।

उनले रेल सेवालाई नियमित र प्रभावकारी बनाउन दुवै देशका सरकारबीच आवश्यक नीतिगत निर्णय, प्रशासनिक समन्वय तथा पूर्वाधार व्यवस्थापन हुनुपर्नेमा जोड दिए। यसलाई राष्ट्रिय हित, धार्मिक पर्यटन र आर्थिक विकाससँग जोडिएको साझा परियोजनाका रूपमा अघि बढाउनुपर्ने उनले बताए।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धनुषाका संयोजक दीपक यादवले रामायणसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक स्थललाई एकीकृत पर्यटन मार्गका रूपमा विकास गर्ने अवधारणाअन्तर्गत जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने पहल महत्वपूर्ण रहेको बताए।

उनका अनुसार सीताको जन्मभूमि जनकपुरधाम र रामको जन्मभूमि अयोध्याबीच प्रत्यक्ष सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटनको नयाँ सम्भावना खुल्नेछ। हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। यही रेल सञ्जाललाई आधार बनाएर जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालन गर्न लागिएको हो।

रेल सेवा सञ्चालनसँगै मधेस प्रदेशको पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा दुई देशबीचको सामाजिक र सांस्कृतिक सम्बन्ध थप मजबुत हुने अपेक्षा गरिएको छ। रासस

प्रकाशित: ७ मंसिर २०८३ ०९:४६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

एनभिडियाका पूर्व सीईओसँगको सम्बन्धका बेला एलिस चिनियाँ गुप्तचर अधिकारीको सम्पर्कमा थिइन् : न्युयोर्क टाइम्स

जेन्सेन हुआङसँग प्रेम सम्बन्धमा रहेकै बेला एलिसले चीनको राज्य सुरक्षा मन्त्रालयका एक अधिकारीसँग एक वर्षभन्दा बढी सम्पर्क राखेको प्रतिवेदनमा उल्लेख छ।

#सम्बन्ध
Compare →
Bizshala
11h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#सम्बन्ध
Compare →
Hamro Patro News
12h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपालभारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

#सम्बन्ध
Compare →
Onlinekhabar
2d ago
‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

‘नेपाल-भारत सम्बन्धलाई राजनीतिबाट अलग राखेर ठूला परियोजनामा जोड्नुपर्छ’

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई भारतले नयाँ राजनीतिक नेतृत्वसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा हेरेको छ। पुराना राजनीतिक दल र नेतृत्वभन्दा फरक पृष्ठभूमिबाट आएका प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले कस्तो विदेश नीति अपनाउँछ भन्ने चासो पनि …

#सम्बन्ध
Compare →

Related Stories

Technology
Build #2612