Trending
Prev Story
Next Story

जीवाश्म इन्धन र आर्थिक सहयोगमा विवाद, कोप–३१ निष्कर्षविहीन

Bizshala •
November 23, 2026 • 03:35 AM
5
5 reads 0 reactions

काठमाडौं। जीवाश्म इन्धनको प्रयोग घटाउने विषय र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आर्थिक सहयोग उपलब्ध गराउने...

जीवाश्म इन्धन र आर्थिक सहयोगमा विवाद, कोप–३१ निष्कर्षविहीन

काठमाडौं। जीवाश्म इन्धनको प्रयोग घटाउने विषय र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आर्थिक सहयोग उपलब्ध गराउने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ निष्कर्षविहीन बनेको छ।

शुक्रबार सम्पन्न हुनुपर्ने सम्मेलन सहमतिको प्रयासमा आइतबारसम्म लम्बिएको थियो। तर, अन्तिम सम्झौतामा जलवायु परिवर्तनको प्रमुख कारण मानिने कोइला, तेल र ग्यासको प्रयोग अन्त्य गर्ने विषय स्पष्ट रूपमा उल्लेख नगरिएपछि युरोपेली सङ्घ (ईयू), प्रशान्त क्षेत्रका टापु राष्ट्रलगायत देशले असन्तुष्टि जनाएका छन्।

त्यस्तै, जलवायु परिवर्तनको असरबाट प्रभावित गरिब तथा विकासशील देशलाई धनी राष्ट्रले उपलब्ध गराउने आर्थिक सहयोगबारे ठोस प्रतिबद्धता नआएपछि विवाद थप चुलिएको हो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको परिणामप्रति गहिरो निराशा व्यक्त गर्दै जीवाश्म इन्धनसम्बन्धी स्वार्थ समूहले जलवायु परिवर्तन नियन्त्रणका प्रयास अवरुद्ध गरिरहेको आरोप लगाए। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भने जटिल भूराजनीतिक परिस्थितिका कारण सहमति जुट्न नसकेको बताए।

यसैबीच, सम्मेलनमा जलवायु अनुकूलनका लागि आर्थिक सहयोग तीन गुणा बढाउने गत वर्षको सहमतिलाई कार्यान्वयन गर्ने ठोस रकमसमेत उल्लेख हुन सकेन।

सम्मेलनका क्रममा विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सन् २०१५ को पेरिस सम्झौताको लक्ष्य पूरा गर्न नसकिने अवस्थाबारे पनि छलफल भएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
जीवाश्म इन्धनको विवादले कोप-३१ सम्मेलन निष्कर्षविहीन

जीवाश्म इन्धनको विवादले कोप-३१ सम्मेलन निष्कर्षविहीन

७ मंसिर, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) ठोस साझा निष्कर्षमा पुग्न नसकी टुंगिएको छ । जलवायु संकटको प्रमुख कारण जीवाश्म इन्धनलाई अन्तिम सम्झौताको दस्तावेजमा उल्लेख नगरेपछि युरोपेली संघ (ईयू), बेलायत तथा केही …

#जलवायु #जीवाश्म #इन्धन
Compare →
Hamro Patro News
14h ago
जीवाश्म इन्धनको मुद्दामा विवाद, सम्झौताविना टुंगियो कोप–३१

जीवाश्म इन्धनको मुद्दामा विवाद, सम्झौताविना टुंगियो कोप–३१

काठमाडौं । टर्कीको अन्टाल्यामा दुई साताभन्दा लामो समयदेखि जारी विवादास्पद वार्तापछि आइतबार कोप–३१ जलवायु सम्मेलन कुनै साझा सम्झौतामा पुग्न नसकी टुंगिएको छ । जलवायु परिवर्तनको प्रमुख कारण मानिएको ज...

#जलवायु #जीवाश्म #इन्धन
Compare →
Ekantipur
19h ago
कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

#जलवायु #परिवर्तन #कोप
Compare →
Nagarik News
20h ago
कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव

कोप ३१ अध्यक्षको पछिल्लो मस्यौदामा पर्वत र जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम प्रस्ताव

निर्धारित समयभन्दा २ दिन लम्बिएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३१) ले पर्वतीय मुद्दा संस्थागत रूपमा अघि बढाउन २ बर्से कार्ययोजना प्रस्ताव गरेको छ।

#जलवायु #परिवर्तन #कोप
Compare →

Related Stories

Politics & Governance
Build #2612