काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन ‘कोप–३१’ मा जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि वार्ता निर्धारित समयभन्दा दुई दिन लम्बिएको छ । सहमति जुटाउने प्रयासस्वरूप टर्कीका अधिकारीहरूले वार्ताकारहरूसमक्ष अन्तिम समयमा नयाँ प्रस्ताव पेस गरेका छन् ।
शनिबार राति अबेर बसेको पूर्ण सत्रलाई सम्बोधन गर्दै कोप–३१ का अध्यक्ष एवं टर्कीका वातावरणमन्त्री मुरत कुरुमले सबै पक्षले स्वीकार गर्न सक्ने खालको मस्यौदा तयार पारिएको दाबी गरे । उनले सम्झौता अनुमोदनका लागि आइतबार बिहान पुनः बैठक बस्ने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )