Trending
Prev Story
Next Story

अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै एक लाख २३ हजार विदेशी पर्यटक

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो । यस …

अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै एक लाख २३ हजार विदेशी पर्यटक

७ मंसिर, गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो ।

यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार दक्षिण एसियाली मुलकका ५२ हजार ८८६ र बाँकी अन्य देशका पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । असोज–कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो समयमा पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् ।

अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
थोरङ्ला पास हुँदै चार महिनामा आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

थोरङ्ला पास हुँदै चार महिनामा आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

५ हजार ४१६ मिटर उचाइको साहसिक पदमार्ग पार गर्दै पर्यटकले अन्नपूर्ण हिमशृङ्खलाको दृश्य अवलोकनसहित मुक्तिनाथसम्म यात्रा गरेका छन्।

#पर्यटक #अन्नपूर्ण
Compare →
Hamro Patro News
23h ago
हिमाली क्षेत्रमा बढ्यो चिसो, सगरमाथा क्षेत्रबाट बाहिरिन थाले पर्यटक

हिमाली क्षेत्रमा बढ्यो चिसो, सगरमाथा क्षेत्रबाट बाहिरिन थाले पर्यटक

सोलुखुम्बु- यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु...

#पर्यटक #क्षेत्रमा
Compare →
Nagarik News
14h ago
विपद्ले थलिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा फेरि पूर्ण रूपमा चलायमान

विपद्ले थलिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा फेरि पूर्ण रूपमा चलायमान

विपद्ले बाढी पहिरो र हिमपात निम्त्याउँदा अन्नपूर्ण क्षेत्रभित्रका कतिपय पदमार्ग लामो समयसम्म पूर्ण रूपमा अवरुद्ध थिए भने केही आंशिक चलेका थिए।

#अन्नपूर्ण
Compare →
Bizshala
22h ago
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको लर्को, भित्रिनेभन्दा बाहिरिने दोब्बर बढी

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको लर्को, भित्रिनेभन्दा बाहिरिने दोब्बर बढी

काठमाण्डौ । हिमाली क्षेत्रमा चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्र (खुम्बु)बाट फर्किने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा...

#पर्यटक
Compare →

Related Stories

Science & Climate
Build #2612