Trending
Prev Story
Next Story

एमाले महासचिव भन्छन- अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलायो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन् । काठमाडांैको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति र परम्परामाथि …

एमाले महासचिव भन्छन- अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलायो

६ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन् ।

काठमाडांैको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति र परम्परामाथि चुनौती थपिएको बताएका हुन् ।

उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले समाजका मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक प्रभाव पारिरहेको बताए ।

सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा पोखरेलले जोड दिए ।

पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने अवस्था सिर्जना भएको पनि उनले बताए ।

अर्को प्रसंगमा उनले अहिलेको सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोप लगाए । सरकारको मुख्य दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको उनले टिप्पणी गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता डा. भट्टराई- ईपीजी प्रतिवेदन बझेर कार्यान्वयनमा ल्याउनुपर्छ

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमाले नेता डा. भट्टराई- ईपीजी प्रतिवेदन बझेर कार्यान्वयनमा ल्याउनुपर्छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै लामो समयदेखि थन्किएका द्विपक्षीय मुद्दाहरू समाधान गर्ने ऐतिहासिक अवसर प्रदान गर्ने अपेक्षा गरिएको ...

#एमा #भ्रम
Compare →
Nagarik News
13h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#भन्छन #भ्रम
Compare →

Related Stories

Politics & Governance
Build #2612