प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना रहेको छ ।
प्रधानमन्त्री शाह दुईदिने भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । यस अवसरमा नेपालले झण्डै डेढ दशकदेखि उठाइरहेको नयाँ हवाई प्रवेश बिन्दु ‘एयर रुट’ मा ‘ब्रेक थ्रु’ हुनसक्ने सम्बद्ध पक्षले जानकारी दिएको छ । झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )