Trending
Prev Story
Next Story

भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

Bizshala •
November 22, 2026 • 11:35 AM
3
3 reads 0 reactions

काठमाण्डौ । सुनसरीको धरानमा भारतीय नम्बर प्लेटको गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले नियमित...

भारतीय नम्बर प्लेटको गाडीबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

काठमाण्डौ । सुनसरीको धरानमा भारतीय नम्बर प्लेटको गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले नियमित सवारी जाँचका क्रममा ४९९ किलो तयारी गाँजासहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्।

प्रहरीका अनुसार शनिबार राति धरान उपमहानगरपालिकाबाट इटहरीतर्फ जाँदै गरेको बीआर ११ वाई ३०३९ नम्बरको भारतीय गाडीलाई सेउती पुलमा रोकेर जाँच गरिएको थियो।

सोही क्रममा गाडीभित्र लुकाएर राखिएको अवस्थामा ४९९ किलो तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिएको छ।

यसैबीच, सुनसरीकै दुहवी नगरपालिका–७ बाट पनि प्रहरीले ठूलो परिमाणमा गाँजासहित अर्का एक युवकलाई पक्राउ गरेको छ।

शनिबार राति गरिएको कारबाहीमा धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो।

यी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले कुल ५२० किलो ९८० ग्राम गाँजा बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरू र बरामद लागूऔषधका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
भारतीय गाडीमा ४९९ किलो गाँजा भेटियो, चालकसहित नियन्त्रणमा

भारतीय गाडीमा ४९९ किलो गाँजा भेटियो, चालकसहित नियन्त्रणमा

६ मंसिर, सुनसरी । प्रहरीले ४९९ किलो गाँजासहित धरानबाट एक भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बीआर ११ वाई ३०३९ नम्बरको गाडीसहित चालक मोरङको विराटनगर महानगरपालिका–१३ का ३२ वर्षीय अजयकुमार साहलाई …

#नम्बर #भारतीय #गाडी
Compare →
Ekantipur
6h ago
स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद, चालक पक्राउ

सुनसरीको धरानबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले स्कार्पियो चालकलाई पक्राउ गरेको छ ।

#गाँजा #४९९ #किलो
Compare →
Nagarik News
2d ago
४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

#भारतीय #किलो #गाँजा
Compare →
Hamro Patro News
7h ago
धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

धरानबाट ४९९ केजी गाँजा र स्कार्पियोसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ र स्कार्पियोसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, ह...

#गाँजा #४९९
Compare →

Related Stories

World News
Build #2612