Trending
Prev Story
Next Story

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

Nagarik News •
November 22, 2026 • 11:07 AM
2
2 reads 0 reactions

इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ।

तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ७५ हजार बस्नै नमिल्ने अवस्थामा पुगेका छन्।

मन्त्रालयका अनुसार गाजा क्षेत्रका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ भने समग्र पूर्वाधारको करिब ९० प्रतिशत नष्ट भएको छ।

आवासको तत्काल आवश्यकता रहेका तीन लाख ५० हजार परिवारमध्ये दुई लाख ७० हजार परिवार तीन वर्षभन्दा लामो समयदेखि आधारभूत सुविधाविनै पालमा बस्दै आएका छन्।

वर्षायाम सुरु भएसँगै सात हजार ५०० परिवार बाढीको जोखिममा रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये दुई हजार ५०० परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसम थप गम्भीर हुनुअघि करिब दुई लाख पुराना तथा जीर्ण पाल तत्काल विस्थापित गरी नयाँ पाल उपलब्ध गराउनुपर्ने आवश्यकता छ।

यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आवास सामग्री आपूर्तिका लागि विशेष मानवीय सहायता मार्ग स्थापना गर्न आग्रह गरेको छ।

त्यस्तै, भग्नावशेष हटाउन र सडक पुनः सञ्चालन गर्न आवश्यक भारी उपकरण, इन्धन तथा स्पेयर पाट्र्स गाजामा भित्र्याउन पनि उसले माग गरेको छ।

मन्त्रालयले प्रभावित नागरिकको सम्पत्ति अधिकार सुरक्षित हुने गरी पारदर्शी तथ्याङ्कमा आधारित स्थायी आवास पुनर्निर्माण कार्यक्रम सञ्चालन गर्नसमेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।एएफपी

प्रकाशित: ६ मंसिर २०८३ १६:५२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति

६ मङ्सिर, गाजा (रासस/सिन्ह्वा) । इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका …

#गाजा #आवास #क्षति
Compare →
Ekantipur
3h ago
'गाजा पट्टीमा ३ लाख ५० हजार परिवार घरबारविहीन'

'गाजा पट्टीमा ३ लाख ५० हजार परिवार घरबारविहीन'

हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयका अनुसार गाजापट्टीका करिब ८० प्रतिशत भवनमा क्षति पुगेको छ

#गाजा #क्षति
Compare →
Hamro Patro News
1d ago
मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

मध्य पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं– मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन । यद्यपि, केही पहाडी क्षेत्रमा ...

#क्षति
Compare →

Related Stories

World News
Build #2612