Trending
Prev Story
Next Story

कवि तथा गीतकार टीका चाम्लिङको निधन

Ekantipur •
November 22, 2026 • 11:33 AM
2
2 reads 0 reactions

आफन्त सुरेश राईका अनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा ल्याएर दाहसंस्कार गरिने छ ।

कवि तथा गीतकार टीका चाम्लिङको निधन

आफन्त सुरेश राईका अनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा ल्याएर दाहसंस्कार गरिने छ ।

खोटाङ — कवि तथा गीतकार टीका चाम्लिङको शनिबार राति निधन भएको छ । तीन वर्षदेखि क्यान्सरसँग लडिरहेका ५३ वर्षीय चाम्लिङको बिएण्डबी हस्पिटलमा निधन भएको हो ।

आफन्त सुरेश राईका अनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा ल्याएर दाहसंस्कार गरिने छ । पहिलोपटक क्यान्सर उपचार सफल भएको चाम्लिङको दोस्रोपटक अर्को ठाउँमा क्यान्सर दोहोरिएको थियो ।

२०३० माघ ४ गते खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा जन्मिएका चाम्लिङको दुई सय बढी गीत रेकर्ड छन् । उनको सधैंभरि गीति अडियो–२०५८, राखौ सम्झना, लोकजुहारी शब्द संकलन–२०५९, सोमबारे हाटैमा, सपनाको रङ गीतिकाव्य–२०६०, समयको रङ गीतिकाव्य–२०६४, जूनको बस्ती गीतिकाव्य–२०६८, मुन्दुम र मालिङ्गो गीतिकाव्य–२०७१, बागी कविता कविताकाव्य–२०८० लगायत प्रकाशित छन् ।

चाम्लिङले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत–सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज, बेलायतको खोटाङ प्रतिभा पुरस्कार, २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान लगायतका दर्जर्नौ सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
कवि तथा गीतकार टीका चाम्लिङको निधन, संगीत नाट्य प्रतिष्ठानमा श्रद्धाञ्जली अर्पण गरिँदै

कवि तथा गीतकार टीका चाम्लिङको निधन, संगीत नाट्य प्रतिष्ठानमा श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौं । क्यान्सर रोगसँग जुधिरहेका कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । उनी खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, खाम्लाका बासिन्दा हुन् । ५३ वर्षीय चाम्लिङ २०८० सालदेखि क...

#चाम्लिङ #निधन #कवि
Compare →
Onlinekhabar
2d ago
कवि तथा गीतकार टीका चाम्लिङको निधन

कवि तथा गीतकार टीका चाम्लिङको निधन

६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो । संगीत …

#चाम्लिङ #निधन #कवि
Compare →
Nagarik News
9h ago
रहेनन् स्रष्टा टीका चाम्लिङ

रहेनन् स्रष्टा टीका चाम्लिङ

नेपाली गीत, कविता र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका टीका चाम्लिङ खोटाङमा जन्मिएका स्थापित गीतकार, कवि र संस्कृतिकर्मी हुन्।

#चाम्लिङ #टीका
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612