Trending
Prev Story
Next Story

आज दिल्ली उत्रिँदै बालेन, तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

६ मंसिर, नयाँ दिल्ली । जेनजी आन्दोलपछिको चुनावबाट प्रचण्ड जनमतसहित सत्तामा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नयाँ दिल्लीका मुख्य सडकमा सिंगारपटार सकिएको छ । दुवै देशका झण्डा सडक किनारमा फहराइएका छन् । आफ्ना देशको राजकीय …

आज दिल्ली उत्रिँदै बालेन, तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा

६ मंसिर, नयाँ दिल्ली । जेनजी आन्दोलपछिको चुनावबाट प्रचण्ड जनमतसहित सत्तामा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नयाँ दिल्लीका मुख्य सडकमा सिंगारपटार सकिएको छ । दुवै देशका झण्डा सडक किनारमा फहराइएका छन् ।

आफ्ना देशको राजकीय भ्रमणमा सरकार र राष्ट्रप्रमुखहरू आउँदा झण्डा फहराउने र स्वागत भव्यता देखाउने त परम्परादेखिकै चलन हो । भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन्द्र शाह भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् ।

विगतमा प्रधामन्त्रीहरू विदेश भ्रमणमा जाँदा नेपालमा देखिने तामझाम हुने छैन । भारत आउँदा प्रधानमन्त्री बालेनले नेपालको विमानस्थलमा सबै उच्च पदस्थ अधिकारीहरूलाई बिदाइमा बोलाउने छैनन् ।

उनले न्यूयोर्क जाँदा नै यो परम्परा तोडिसके । भारतको यो राजकीय भ्रमणमा पनि उनले त्यहाँ तामझाम नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

यता भारतमा उनको सम्मानमा हुने गार्ड अफ अनर हुनेछ । उनी त्यसमा सहभागी हुनेछन् ।

दिल्लीबाहेक कहिँ जाने छैनन् बालेन, मोदीसँग एकल भेट

प्रधानमन्त्री बालेन्द्र शाहको यो भ्रमण निकै छोटो छ । उनी करिब २५ घण्टा मात्र दिल्ली बस्दैछन् । आइतबार दिउँसो सवा ३ बजे दिल्लीमा अवतरण गर्ने उनी सोमबार दिउँसो ४:५० बजे नेपाल फर्किनेछन् ।

विगतका प्रधानमन्त्रीहरूले तीनदिन वा त्यो भन्दा बढीको भ्रमण गर्ने दिल्ली बाहिरका सहरहरूमा परियोजना हेर्ने वा धार्मिक मठ मन्दिर धाउने परम्परा पनि बालेनले तोड्नेछन् ।

उनको भ्रमण तालिका अनुसार उनी दिल्ली बाहेक कहिँ जाने छैनन् ।

प्रधानमन्त्री शाहको सबैभन्दा लामो भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार हुने छ । उनले १ घण्टा बढी एकल भेट गर्ने छन् ।

नेपाली र भारतीय उद्योग व्यावसायीहरूसँगको भेट अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई जिम्मा

विगतमा प्रधानमन्त्रीहरूले भ्रमणका बेला भारतमा रहेका नेपाली उद्योगी व्यावसायीहरूसँग छुट्टै भेटघाट र अन्तर्क्रिया गर्थे । तर यसपटक प्रधानमन्त्री शाहले कसैलाई पनि भेट्ने छैनन् ।

नेपाली र भारतीय उद्योग व्यावसायीहरूसँगको भेटका लागि उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई जिम्मा दिएका छन् ।

दुई मन्त्रीहरूले नै दुवै देशका उद्योगी व्यावसायीहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

प्रधानमन्त्री शाह नेपाली राजदूतावासमा पनि जाने कार्यक्रम छैन । आइतबार दिउँसो दिल्ली आएलगत्तै उनको भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उनी बसेकै ताज होटलमा भेट्ने कार्यतालिका छ ।

विगतमा प्रधानमन्त्रीहरूले विभिन्न मन्त्रालयका मन्त्रीहरूलाई पनि भेट्ने र आपसी संवाद गर्ने गरेका थिए । तर प्रधानमन्त्री शाहले जयशंकर बाहेक अन्य मन्त्रीहरूसँग छलफल गर्ने छैनन् ।

प्रधानमन्त्री शाहले हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग भेटेपछि अयोध्या-जनकपुर रेल उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

दुवै प्रधानमन्त्रीको छोटो ब्रिफिङ पछि भ्रमणको मूल काम सकिनेछ ।

राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटेर सोमबार प्रधानमन्त्री शाह स्वदेश फर्किने छन् ।

भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि केही ऋण र अनुदान लगायतका विषयमा सम्झौता गर्ने तयारी

यो भ्रमणमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि केही ऋण र अनुदान लगायतका विषयमा सम्झौता गर्ने तयारी छ । यद्यपि कतिसम्मको सम्झौता हुन्छ भन्ने सरकारी अधिकारीहरूले भनिसकेका छैनन् ।

विगतका सहमति र सम्झौताहरूलाई टुंग्याउने गरी एउटा साझा प्रतिबद्धता जनाउने तयारी छ । यो भ्रमणमा क्रिकेटदेखि आईटीसम्मका विषयहरूलाई पनि दुई देशबीच सहकार्य बढाउनेबारे सहमति गर्ने तयारी छ ।

विगतमा भ्रमणमा भएका सहमति र सम्झौताको भाषाको एकरुपता मिलाउनेबारे कुरा नमिल्दा दुवै पक्षको संयुक्त वक्तव्य ननिस्केका उदाहरण पनि छन् । तर यसपटक दुवैले पक्षले नेपाल भारतको संयुक्त भिजन पेपरको रुपमा सार्वजनिक गर्ने तयारी छ ।

बालेन्द्र शाहले प्रधानमन्त्री भएपछि एक वर्षसम्म विदेश नजाने नीति लिएका थिए । तर आफ्नो सुरुवाती नीति बदल्दै उनी आठ महिनापछि भारत भ्रमणका लागि तयार भएका हुन्  ।

शाह प्रधानमन्त्री बनेलगत्तै भारतले उनलाई भ्रमणका लागि अनुरोध गरेको थियो । त्यही भ्रमणका लागि भारतले विदेश सचिव विक्रम मिश्रीलाई नेपाल पठाउन लागेको थियो । तर प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै मिश्रीलाई भेट्न नमानेपछि त्यसबेला भ्रमणको प्रक्रिया अघि बढेको थिएन । आठ महिनापछि भने उनी भारत आउन तयार भएका हुन् ।

प्रधानमन्त्री शाह आउनु अघि विभिन्न कार्यक्रम र भारत सरकारकै निमन्त्रणा अनुसार अन्य मन्त्रीहरू भ्रमणमा आइसकेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहकै पार्टी रास्वपा सभापति रवि लामिछाने पनि भारतीय सत्तारुढ पार्टी भाजपाको निमन्त्रणामा भ्रमणमा आएका थिए । उनलाई सत्तारुढ पार्टी भाजपाले निकै ठूलो स्वागत गरेको थियो । त्यही पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि भारतले कुन तहको सत्कार गर्छ भन्ने चासो छ ।

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

प्रधानमन्त्रीको भ्रमण : दिल्लीका पोलमा नेपाल–भारतको झण्डा

५ मंसिर, नयाँ दिल्ली (भारत) । प्रधानमन्त्री बालेन शाह भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री शाहको यो भ्रमणका लागि नयाँ दिल्लीमा पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री पुग्नु...

#बालेन-शाह #दिल्ली #भ्रमण
Compare →
Arthasansar
2m ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #भ्रमण #बालेन
Compare →
Nagarik News
34m ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#बालेन-शाह #भ्रमण
Compare →
Bizshala
2h ago
प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदै, व्यापारका विषयमा छलफल हुने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने...

#बालेन-शाह #भ्रमण
Compare →
Ekantipur
3h ago
प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता, प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता तथा ऊर्जा र सम्पर्कसम्बन्धी कार्यक्रम हुनेछन्।

#भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612