Trending
Prev Story
Next Story

पाँच सय वर्ष पुरानो ऋषिकेशवको रथयात्रा निकालियो

Ekantipur •
November 22, 2026 • 01:02 AM
4
4 reads 0 reactions

झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट आएका सयौं भक्तजन सहभागी भएका थिए ।

पाँच सय वर्ष पुरानो ऋषिकेशवको रथयात्रा निकालियो

झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट आएका सयौं भक्तजन सहभागी भएका थिए ।

पाल्पा — पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरमा परम्परागत रथयात्रा निकालिएको छ । कात्तिक शुक्ल द्वादशीका अवसरमा शनिबार भगवान् ऋषिकेशवको रथयात्रा निकालिएको हो ।

झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट आएका सयौं भक्तजन सहभागी भएका थिए । तानसेन नगरपालिका–१४, अर्गलीस्थित ऋषिकेशव मन्दिर परिसरबाट सुरु भएको रथयात्रा गुल्मीको रिडी बजार, ऋषिकेशव क्षेत्र हुँदै पाल्पाको अर्गली बजारसम्म पुर्‍याइएको थियो । रथलाई विभिन्न स्थानमा परिक्रमा गराउँदै भगवानको पूजा, आराधना र दर्शन गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईका अनुसार कात्तिक द्वादशीमा हरेक वर्ष ऋषिकेशव भगवान्को रथयात्रा निकाल्ने परम्परा रहिआएको छ । झण्डै पाँच सय वर्षदेखि निरन्तर चल्दै आएको यो परम्पराले रूरू क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउँदै आएको उनले बताए । रथयात्राका क्रममा वैदिक मन्त्रोच्चारण, धार्मिक भजन–कीर्तन र पण्डितहरूबाट पूजापाठ गरिएको थियो ।

भक्तजनले भगवान् ऋषिकेशवको रथ बोकेर रूरू क्षेत्र परिक्रमा गरेका थिए । बाटोमा स्थानीयले फूलमाला, धूप, दीप र प्रसाद चढाएर भगवान्को पूजा गरेका थिए । रथयात्रामा सहभागी भक्तजनले धार्मिक आस्था प्रकट गर्दै भगवान्को दर्शन र पूजाआजा गरेका थिए ।

पुजारीका अनुसार रथयात्रा केवल धार्मिक उत्सव मात्र नभई पुस्तौंदेखि चल्दै आएको परम्परा र संस्कृतिसँग जोडिएको पर्व हो । यसले स्थानीय समुदायबीच धार्मिक सद्भाव र एकता कायम गर्न पनि सहयोग पुर्‍याउँदै आएको छ ।

किंवदन्तीअनुसार सोह्रौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्ने क्रममा भगवान् ऋषिकेशवको मूर्ति फेला पारेका थिए । उनले उक्त मूर्ति स्थापना गरी पूजा आराधना सुरु गराएको विश्वास गरिन्छ । त्यसयता यो मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ ।

रूरू क्षेत्र पुग्ने श्रद्धालुले कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशव मन्दिरमा दर्शन गर्ने परम्परा छ । यहाँ कालीगण्डकी स्नान, पूजा, दान र धार्मिक अनुष्ठान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । ऋषिकेशवसँगै गायत्री मातालगायत विभिन्न देवालयमा पनि भक्तजनले पूजा गर्ने गर्छन् । धार्मिक मान्यताअनुसार रूरू क्षेत्रलाई रूरू कन्याको जन्मस्थलका रूपमा समेत चिनिन्छ ।

विभिन्न धार्मिक ग्रन्थमा यस क्षेत्रलाई ऋषिमुनिहरूको तपोभूमिका रूपमा उल्लेख गरिएको छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको रूरू क्षेत्रको ऋषिकेशव मन्दिरले पाल्पासहित छिमेकी जिल्लाका श्रद्धालुलाई आकर्षित गर्दै आएको छ । रथयात्राले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
पाँच सय वर्ष पुरानो ऋषिकेशवको रथयात्रा निकालियो

पाँच सय वर्ष पुरानो ऋषिकेशवको रथयात्रा निकालियो

पाँच सय वर्ष पुरानो ऋषिकेशवको रथयात्रा निकालियो झण्डै पाँच सय वर्ष पुरानो धार्मिक परम्पराअनुसार निकालिएको रथयात्रामा स्थानीयका साथै छिमेकी जिल्लाबाट आएका सयौं भक्तजन सहभागी भएका थिए । मंसिर ६, २०...

#रथयात्रा #ऋषिकेशव #पुरानो
Compare →
Nagarik News
5d ago
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एक महिने महायज्ञ सुरु हुँदै

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एक महिने महायज्ञ सुरु हुँदै

हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ।

#रथयात्रा
Compare →
Onlinekhabar
2w ago
ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष …

#पुरानो
Compare →
Bizshala
3w ago
अलपत्र कम्पनीलाई पुरानो दायित्वबाट छुटकाराको अवसर पुससम्म म्याद थप

अलपत्र कम्पनीलाई पुरानो दायित्वबाट छुटकाराको अवसर पुससम्म म्याद थप

काठमाण्डौ । विवरण नबुझाएर वा कानुनबमोजिमको रकम दाखिला नगरेर पुरानो दायित्व थुप्रिएका कम्पनीलाई कारोबार नियमित गर्न वा...

#पुरानो
Compare →

Related Stories

World News
Build #2612