Trending
Prev Story
Next Story

पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

Hamro Patro News •
November 21, 2026 • 03:07 PM
1
1 reads 0 reactions

मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकलयात्री यहाँका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले तानसेनबाट पूर्वी पाल्पासम्मको साइकल यात्रामा निस्केका छन् । आज बिहान तानसेनबाट न...

पर्यटन प्रवर्द्धनका लागि दुईदिने साइकलयात्रा

मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकलयात्री यहाँका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले तानसेनबाट पूर्वी पाल्पासम्मको साइकल यात्रामा निस्केका छन् । आज बिहान तानसेनबाट निस्केका उनीहरूले पूर्वखोला, निस्दीका पर्यटकीयस्थल हुँदै रामपुरमा पुगेर दुई दिनको यात्रा समापन गर्नेछन् ।

पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पा साइकलिङ सङ्घले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ आयोजना गरेको हो । साइकल यात्रामा विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसँगै काठमाडौँ, पोखरा, कपिलवस्तु रुपन्देही, नवलपरासी, नेपालगञ्जलगायत विदेशबाट आएका साइकलयात्री समेत सहभागी छन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने

सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्।

#प्रवर्द्धन #उद्देश्य #पर्यटन
Compare →
Ekantipur
2w ago
एनपीएलले नेपाली क्रिकेटको मात्रै होइन पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ : खेलकुदमन्त्री पोखरेल

एनपीएलले नेपाली क्रिकेटको मात्रै होइन पर्यटन क्षेत्रको प्रवर्द्धनमा पनि ठूलो भूमिका खेलेको छ : खेलकुदमन्त्री पोखरेल

एक्सट्रिम इनर्जी कान्तिपुर म्याक्स स्पोर्ट समिट २०२६ का अवसरमा उनले एनपीएलमा सहभागी सबै विदेशी खेलाडीलाई धन्यवाद पनि दिएका छन् । उनले विदेशी खेलाडीको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको बताए ।

#प्रवर्द्धन #पर्यटन
Compare →
Onlinekhabar
2w ago
लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन

१९ कात्तिक, लन्डन । लन्डनस्थित नेपाली दूतावासले बुधबार नेपालको पर्यटन प्रवर्द्धन केन्द्रित कार्यक्रम गरेको छ । नेपाल इभिनिङ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) को नेतृत्वमा लन्डन आएको प्रतिनिधिमण्डल …

#प्रवर्द्धन #पर्यटन
Compare →
Bizshala
2w ago
पर्यटन प्रवर्द्धनका लागि कुकुर तिहार रिल प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

पर्यटन प्रवर्द्धनका लागि कुकुर तिहार रिल प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार

काठमाडौँ। नेपालको मौलिक संस्कृति र पर्यटनलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले...

#प्रवर्द्धन #पर्यटन
Compare →

Related Stories

Technology
Build #2612