Trending
Prev Story
Next Story

मुन्सेको शतकमा सुदूरपश्चिम एनपीएल च्याम्पियन

Ekantipur •
November 21, 2026 • 02:33 PM
3
3 reads 0 reactions

सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै १५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गर्‍यो।

मुन्सेको शतकमा सुदूरपश्चिम एनपीएल च्याम्पियन

सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै १५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गर्‍यो।

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

मुन्सेले १ सय १९ रन बनाउनका साथै विनोद भण्डारीसँग पहिलो विकेटमा कीर्तिमानी साझेदारी गरेपछि सुदूरपश्चिमले १ सय ५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गरेको थियो । यसअघि टस हारेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५५ रन बनाएको थियो ।

सुदूरपश्चिमले अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको पीडालाई बिर्साउँदै सानदार ढंगमा उपाधि जित्न सफल भएको हो । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो । लगातार तेस्रो वर्ष फाइनल खेलिरहेको सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा पनि जनकपुर बोल्ट्ससँग पराजित रहेको थियो ।

यस सिजनमा लुम्बिनीसँग लिग चरण र क्वालिफायर १ मा गरी सुदूरपश्चिम दुई पटक पराजित भएको थियो । दुवै पटक टोलीले निराशाजनक ब्याटिङ गरेको थियो । तर मुन्से र विनोद भण्डारीले उत्कृष्ट साझेदारी गरेपछि सुदूरपश्चिमले कठिन विकेटमा ठूलो लक्ष्य सजिलै पछ्याएको थियो ।

मुन्सेले ५४ बलमा अविजित १ सय २५ रन बनाए । उनले कुल ८ चौका र १२ छक्का प्रहार गरे । शेर मल्लको बलमा मुन्सेले लगातार तीन छक्का प्रहार गरेपछि सुदूरपश्चिमले ३९ बल अगाडि १ सय ५८ रन जोडेको थियो ।

मुन्सेले पाएको एक जीवनदानको पूरा फाइदा उठाए । मुन्से ४४ रनमा भएको समयमा सन्दीप जोराले मिडविकेटमा क्याच छाड्न पुगेका थिए । मुन्सेले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गरेका थिए । उनका ओपनिङ जोडी विनोदले २७ बल खेली ३ चौकासहित अविजित ३० रन बनाए ।

यसअघि लुम्बिनीबाट दिलीप नाथले सर्वाधिक ३९ रन बनाई अविजित रहे । ३१ बल खेलेका उनले ३ छक्का प्रहार गरे । दिलीप र अली शेखले छैटौँ विकेटमा १९ बलमा ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले १ सय ५० रनको स्कोरलाई छोएको थियो । लुम्बिनीले अन्तिम ५ ओभरमा ४७ रन जोडेको थियो ।

अमेरिकी ब्याटर अलीले १२ बल खेली समान २ चौका र छक्का प्रहार गर्दै २४ रन बनाए । उनको स्थानमा आएका रुबेल ट्रम्पलम्यान २ बलमा ४ रन बनाई अविजित रहे । दिलीपले सर्वाधिक ३९ रन बनाई अविजित रहे ।

नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखले पुनः लुम्बिनीलाई निराश बनाए । उनी १ रनमात्र बनाई स्कट कुग्लेनको बलमा एलबीडब्लु आउट भए । अर्का ओपनर डीआरसी शर्टले १८ बलमा २१ रन बनाए । उनले चार चौका प्रहार गरे । पहिलो पावर प्लेको अन्तिम ओभर लिएर आएका कप्तान दीपेन्द्र सिंह ऐरीले शर्टलाई बोल्ड गरे ।

निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे । उनले १ चौका र २ छक्का प्रहार गरे । अर्का श्रीलंकाली खेलाडी थारिन्दु रत्नायकेले उनलाई बोल्ड गरे । कप्तान रोहित पौडेलले ३० रन बनाए । दिलीप नाथको कलमा रन आउट हुन पुगेका रोहितले ३१ बल खेल्दै २ चौका प्रहार गरे । सन्दीप जोरा ४ रनमै आउट भए ।

सुदूरपश्चिमबाट कुग्लेनले २ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १५ पुर्‍याए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चितवन राइनोजका रिजन ढकालभन्दा २ विकेटले पछाडि छन् । कुग्लेनले ४ ओभरमा २५ रनमात्र खर्चे । हेमन्त धामी, रत्नायके र दीपेन्द्रले १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
45m ago
सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन, लुम्बिनीलाई १० विकेटले हरायो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चि...

#एनपीएल #सुदूरपश्चिम #विकेट
Compare →
Nagarik News
11h ago
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ । लगातार दोस्रो …

#एनपीएल #सुदूरपश्चिम #लुम्बिनी
Compare →
Arthasansar
11h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#एनपीएल #लुम्बिनी
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612