Trending
Prev Story
Next Story

एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

काठमाडौं । दिलीप नाथ र अली शेखको ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हहारेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० …

एनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । दिलीप नाथ र अली शेखको ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हहारेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलीप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे ।

लुम्बिनीका ओपनर आसिफ शेख फाइनलमा व्यक्तिगत १ रनमा आउट भए । यसै सिजन लुम्बिनीमा अनुबन्त्र भएका उनी तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा एबलीडब्लु आउट भए । आसिफले रिभ्यु लिएपनि डिएआरस पछि बलले स्टम्प लागेको दिएपछि उनी आउट भए ।

छैटौं ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो बलमै सर्टलाई बोल्ड गरे । सर्टले १८ बल खेल्दै ४ चौका मद्दतमा २१ रन जोडे ।

३५-२ को स्थितिबाट कप्तान रोहितकुमार पौडेल र विकेट किपर निरोशन डिकवेलाले लुम्बिनीको इनिङ्स सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे ।

डिकवेलालाई ११औं ओभरमा थरिन्दु रत्नायकेले बोल्ट गरपछि रोहितले दिलीप नाथसँग ३४ रनको साझेदारी गरे ।

डिकवेलाले १७ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा २८ रन जोडे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भएका थिए । रोहितले ३१ बल खेल्दै ४ चौका मद्दतमा ३० रन जोडे ।

त्यसपछि आएका सन्दीप जोरा ४ रन बनाएर आउट भए ।

दिलीप नाथ र अली शेखले त्यसपछि लुम्बिनीका लागि छैटौं विकेटका ३३ रनको साझेदारी गरे ।

अन्तिमसम्म ब्याटिङ गरेका दिलिप नाथले ३१ बल खेल्दै ३ छक्का मद्दतमा अविजित ३९ रन बनाए । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।

लेट केमियो इनिङ्स खेलेका अली शेखले १२ बल खेल्दै समान २ चौका र २ छक्का मद्दतमा २४ रन योगदान गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको विजयी लक्ष्य

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको विजयी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्न १५६ रनको लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
3h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Hamro Patro News
12h ago
एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज भिड्दै छन् । फाइनल खेल आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिक...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
9h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →

Related Stories

World News
Build #2612