Trending
Prev Story
Next Story

श्रीमानसँगै प्रेमी पनि ‘म्यानेज’ गर्ने दुई बच्चाकी आमा!

Nagarik News •
November 21, 2026 • 11:43 AM
3
3 reads 0 reactions

उनले दुवै पुरुषको जिम्मेवारी र समयसमेत बाँडफाँट गरेर प्रहरीलाई ड्युटी चार्ट बुझाएपछि घटना चर्चामा आएको छ।

श्रीमानसँगै प्रेमी पनि ‘म्यानेज’ गर्ने दुई बच्चाकी आमा!

भारतको उत्तर प्रदेशस्थित सीतापुरमा दुई बच्चाकी एक आमाले श्रीमान् र प्रेमी दुवैसँग एउटै घरमा बस्ने चाहना राखेकी छन्।

उनले दुवै पुरुषको जिम्मेवारी र समयसमेत बाँडफाँट गरेर प्रहरीलाई ड्युटी चार्ट बुझाएपछि घटना चर्चामा आएको छ।

महमुदाबाद क्षेत्रको फुलवारीपुरकी ती विवाहित महिलाले गत मार्च २१ मा प्रेमीसँग मन्दिरमा विवाह गरेको दाबी गरेकी छन्। उनी अब श्रीमान्, प्रेमी र दुई बच्चासहित एउटै घरमा बस्न चाहन्छिन्। उनले प्रहरीलाई बुझाएको ड्युटी चार्टअनुसार प्रेमी दिनभरि उनी र बच्चाहरूसँग रहनेछन् भने श्रीमान् राति उनीसँग बस्नेछन्।

अचम्मको कुरा त के छ भने उनका श्रीमान् पनि यो कुरामा सहमत रहेको बताइएको छ। उनले श्रीमती र प्रेमी दुवैलाई नछोड्ने बताएका छन्। आवश्यक परे घर छोड्नसमेत तयार रहेको उनको भनाइ छ।

दैनिक जागरण का अनुसार प्रेमी यसअघि पनि श्रीमानको घरमा आउने र बस्ने गर्थे। श्रीमानले उनलाई आफ्नो भाइ भनेर चिनाउने गरेका थिए। पछि उनीहरूबिचको निकटता प्रेममा परिणत भएको र दुवैले मन्दिरमा विवाह गरेको बताइएको छ।

तर, महिलाका सासू-ससुरा र परिवारका अन्य सदस्यले भने यो सम्बन्धको विरोध गरेका छन्। घरमा विवाद बढेपछि महिला श्रीमान्, प्रेमी र दुई बच्चासहित प्रहरी चौकी पुगेकी थिइन्। प्रहरीले तीनै जनासँग छलफल गरेर समस्या समाधान गर्ने प्रयास गरे पनि महिला दुवै पुरुषसँगै बस्ने अडानमा रहेकी छन्।

उनले प्रहरीलाई आफ्नो ड्युटी चार्टअनुसार व्यवस्था मिलाइदिन आग्रह गरेकी छन्। श्रीमान् र प्रेमी दुवैलाई ‘म्यानेज’ गर्ने उनको यो अनौठो तरिकाले अहिले स्थानीय क्षेत्रमा चर्चा पाएको छ।

प्रकाशित: ५ मंसिर २०८३ १७:२८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
मेरा लागि गगन र देउवा दुवै सभापति: शेखर कोइराला

मेरा लागि गगन र देउवा दुवै सभापति: शेखर कोइराला

कान्तिपुर टीभीको फायरसाइडमा बाेल्दै उनीले भने, - मैले दुवैलाई सभापति भन्ने हो। गगनजीलाई भेट्दा सभापति नै भन्छु। देउवाजीलाई पनि सभापति नै भन्छु । एकपटक सभापति भएपछि जहिले पनि सभापति ।

#दुवै #उनी
Compare →
Onlinekhabar
1w ago
सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

२२ कात्तिक, विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन झेराहाटको उद्योगमा मजदुरी गर्थे । तिहार मनाउन उनी आइतबार घर पुगे । तिहार मनाउन घर आएका बेला हत्या भयो । फलामको रड प्रहार गरी …

#प्रेमी
Compare →
Hamro Patro News
1w ago
प्रेमीसँग मिलेर श्रीमानको हत्या, दुवै पक्राउ

प्रेमीसँग मिलेर श्रीमानको हत्या, दुवै पक्राउ

विराटनगर । मोरङको जहदामा एक जनाको हत्या भएको छ । जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको आइतबार राति हत्या भएको हो । श्रीमती र उनका भारतीय प्रेमी मिलेर सोरेनको हत्या भएको प्रहरीको प्र...

#प्रेमी
Compare →

Related Stories

World News
Build #2612