Trending
Prev Story
Next Story

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

Onlinekhabar •
November 09, 2026 • 10:31 AM
2
2 reads 0 reactions

२२ कात्तिक, विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन झेराहाटको उद्योगमा मजदुरी गर्थे । तिहार मनाउन उनी आइतबार घर पुगे । तिहार मनाउन घर आएका बेला हत्या भयो । फलामको रड प्रहार गरी …

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

२२ कात्तिक, विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन झेराहाटको उद्योगमा मजदुरी गर्थे । तिहार मनाउन उनी आइतबार घर पुगे ।

तिहार मनाउन घर आएका बेला हत्या भयो । फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्या आरोपमा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनिल मिश्रलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।

कटवालका अनुसार प्रारम्भिक अनुसन्धानबाट तिहार मनाउन घर फर्किएका बुधराम, उनकी श्रीमती कमली र प्रेमी सुनिलले घरमै मदिरा सेवन गरेको देखिएको छ ।

मदिराले मातेपछि बुधराम कोठामा सुत्न गए । बुधराम निदाएपछि कमली र सुनिलको योजनाअनुसार उनको टाउकोमा फलामको रड प्रहार गरे ।

टाउकोमा गम्भीर चोट लागेका सोरेनको घटनास्थलमै मृत्यु भयो । हत्यापछि उनीहरूले कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएर हिँडे ।

पछि मृतककी १३ वर्षीय छोरीले ढोकाको चाबी खोलेर हेर्दा बुबालाई रक्ताम्य अवस्थामा देखेपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेको प्रहरीले घर नजिकै लुकेको अवस्थामा प्रेमीलाई पक्राउ गर्‍यो । कमली भने फरार थिइन् । कमलीलाई प्रहरीले सोमबार बिहान घरबाट थोरै टाढा रहेको धानबारीबाट नियन्त्रणमा लिएको हो ।

झोला बोकेर उनी भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

कटवालका अनुसार कमली र भारतीय नागरिक सुनिलबीच केही समयदेखि विवाहेत्तर प्रेम सम्बन्ध चलिरहेको थियो । सो सम्बन्धबारे पति बुधरामले थाहा पाएका थिए । सम्बन्धलाई लुकाउन दुवै मिलेर योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

ममता काफ्लेका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा लामो समयदेखि चर्चा र चासोको विषय बनेको नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । मंगलबार न्यायाध...

#हत्या
Compare →
Ekantipur
1d ago
ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

#हत्या
Compare →

Related Stories

World News
Build #2612