Trending
Prev Story
Next Story

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको भाइरल राँगो बलिबाट जोगियो

Onlinekhabar •
May 19, 2026 • 12:00 PM
2
2 reads 0 reactions

काठमाडौं । टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण 'डोनाल्ड ट्रम्प' उपनाम पाएको एउटा राँगो बंगलादेश सरकारको अन्तिम समयको निर्देशनपछि बकरइदको बलि हुनबाट जोगिएको छ। करिब ७०० केजी तौल भएको यो दुर्लभ ‘अल्बिनो’ राँगोलाई बलिको धार्मिक अनुष्ठानका …

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको भाइरल राँगो बलिबाट जोगियो

काठमाडौं । टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण ‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको एउटा राँगो बंगलादेश सरकारको अन्तिम समयको निर्देशनपछि बकरइदको बलि हुनबाट जोगिएको छ।

करिब ७०० केजी तौल भएको यो दुर्लभ ‘अल्बिनो’ राँगोलाई बलिको धार्मिक अनुष्ठानका लागि एक क्रेतालाई बिक्री गरिसकिएको थियो। तर बंगलादेश सरकारले सो राँगोलाई चिडियाखाना पठाएको छ ।

बिहीबार मनाइने बकरइद पर्वको पूर्वसन्ध्यामा यो राँगोलाई हेर्न सर्वसाधारणको अत्यधिक भिड बढेपछि र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बंगलादेशको गृह मन्त्रालयले बुधबार यस विषयमा हस्तक्षेप गरेको हो। मन्त्रालयका अधिकारीका अनुसार राँगोप्रति जनताको अस्वाभाविक चासो र भीडका कारण सुरक्षाको विषयलाई लिएर अन्तिम समयमा यसलाई बलि नदिने निर्णय गरिएको हो।

गृहमन्त्री सलाहुद्दिन अहमदको निर्देशनपछि राँगो किन्ने ग्राहकलाई पैसा फिर्ता दिइएको छ र ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरिएको छ।

यस राँगोको खैरो कपाल र शान्त स्वभावका भिडियोहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । जसलाई हेर्न टाढा-टाढाबाट मानिसहरू फार्ममा आउने गरेका थिए ।

फार्मका सञ्चालक जियाउद्दिन मृधाका अनुसार उनका भाइले यसको स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेको देखेर यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखिदिएका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प

स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभि...

#ट्रम्प #डोनाल्ड
Compare →
Nagarik News
3h ago
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

#ट्रम्प
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Ekantipur
4d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

National (Nepal)
Build #2612