झिसमिसे अँध्यारो हुन थालेको थियो । आकाशबाट सिमसिम पानी परिरहेको थियो । जङ्गलको बाटो चिसो र हिलाम्मे त छँदै थियो, भोलिका दिन हामीले काम गर्ने भनेको प्लट पनि अझै डेढ किलोमिटर टाढा देखाइरहेको थियो जिपीएसले । जाँदै गर्दा हामीले जङ्गलको बिचमा एउटा छानोबिनाको गोठ जस्तो आकृति देख्यौँ र आजको राति त्रिपाल हालेर त्यहीँ बस्ने निर्णय गर्यौँ ।
जङ्गलको बिचमा रात बिताउनु हाम्रो लागि नयाँ कुरा थिएन । केही दिनदेखि ‘इन्भेन्ट्री’ को काम गर्दै हामी यस्तै ठाउँमा बस्दै आएका थियौँ । थाकेको शरीरलाई जहाँ ठाउँ मिल्यो, त्यहीँ ओछ्यान बन्थ्यो । त्यो रात पनि गोठभित्र मिलेर पाँच जना सुत्यौँ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )