Trending
Prev Story
Next Story

संकटबीच पनि हामीले सुधारको गति रोकेका छैनौं : अर्थमन्त्री वाग्ले

Ekantipur •
November 20, 2026 • 10:02 AM
1
1 reads 0 reactions

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिकूल परिस्थिति र संकटकाबीच पनि सरकारले आर्थिक सुधारको गति नरोकेको बताएका छन्  ।

संकटबीच पनि हामीले सुधारको गति रोकेका छैनौं : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिकूल परिस्थिति र संकटकाबीच पनि सरकारले आर्थिक सुधारको गति नरोकेको बताएका छन्  ।

विराटनगर — कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले कठिन परिस्थितिलाई निष्क्रियताको औचित्य बनाउन नसकिने बताए ।

उनले भने, ‘संकटका बीच पनि हामीले सुधारको गति रोकेका छैनौँ । आर्थिक स्थायित्व कायम राख्दै लगानीको विश्वास फर्काउने, सार्वजनिक संस्थाको कार्यशैली बदल्ने र उत्पादनशील अर्थतन्त्रको आधार निर्माण गर्ने कुरालाई सँगसँगै अघि बढाएका छौँ ।’

निजी क्षेत्रले लामो समयदेखि नीतिगत अनिश्चितता, प्रशासनिक झन्झट र लगानी वातावरणका कठिनाइ भोग्दै आएकाले उद्यमीको मनोबल कमजोर बनेको र क्षेत्र ‘पर्ख र हेर’ को अवस्थामा पुगेको उनले उल्लेख गरे । यही पृष्ठभूमिमा आफूहरूले आर्थिक पुनरुत्थानको जिम्मेवारी लिएको वाग्लेको भनाइ छ ।

अर्थमन्त्री वाग्लेका अनुसार विश्वव्यापी द्वन्द्व, ऊर्जा बजारको अनिश्चितता, आपूर्ति शृंखलामा अवरोध र बाह्य आर्थिक प्रतिकूलताले अर्थतन्त्रमा थप दबाब सिर्जना गरेका छन् । रसुवा-भोटेकोशी क्षेत्रमा आएको अकल्पनीय बाढीले आर्थिक पूर्वाधार र जनजीवनमा गम्भीर चुनौती थपेको उनले बताए ।

आफूहरूले एकैसाथ दुईवटा जिम्मेवारी निर्वाह गर्नुपरेको उल्लेख गर्दै वाग्लेले तात्कालिक संकट सम्हाल्ने र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहेका संरचनागत समस्या समाधान गर्ने काम सँगसँगै भइरहेको बताए ।

‘सुधारको प्रतिफल देखिन केही समय लाग्छ,’ उनले भने, ‘वर्षौँदेखि जरा गाडेका विकृति र संस्थागत कमजोरी केही महिनामा समाप्त हुँदैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय...

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
3d ago
खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

खराब कर्जा असुलीमा अर्थमन्त्री डा वाग्लेको जोड

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव …

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
2d ago
नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको र त्यसको कारण नीतिगत सुधार भएको दाबी गरेका छन्। आन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित...

#अर्थमन्त्री
Compare →
Nagarik News
3d ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#अर्थमन्त्री
Compare →

Related Stories

Business & Economy
Build #2612