Trending
Prev Story
Next Story

‘जीटीए ६’ पहिलो दिनमै बिक्यो कीर्तिमानी ३.७९ अर्ब डलरमा

Ekantipur •
November 21, 2026 • 01:32 AM
3
3 reads 0 reactions

रकस्टार गेम्सका अनुसार गेम सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्ममार्फत ३ करोड २५ लाख युनिट ‘प्रि–अर्डर’ भइसकेको थियो, जुन गेमिङ इतिहासकै अर्को कीर्तिमान हो ।

‘जीटीए ६’ पहिलो दिनमै बिक्यो कीर्तिमानी ३.७९ अर्ब डलरमा

रकस्टार गेम्सका अनुसार गेम सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्ममार्फत ३ करोड २५ लाख युनिट ‘प्रि–अर्डर’ भइसकेको थियो, जुन गेमिङ इतिहासकै अर्को कीर्तिमान हो ।

न्यूयोर्क — विश्वकै लोकप्रिय तथा प्रतिक्षित भिडियो गेम सिरिज ‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) को नयाँ संस्करण ‘जीटीए ६’ ले पहिलो दिनमै बिक्रीको नयाँ विश्व कीर्तिमान कायम गरेको छ । गेम निर्माता कम्पनी रकस्टार गेम्सका अनुसार बिहीबार सार्वजनिक भएको यो गेमले पहिलो दिनको खुद्रा बिक्री (रिटेल सेल्स) बाट मात्रै ३.७९ अर्ब अमेरिकी डलर आर्जन गरेको छ ।

अघिल्लो संस्करण आएको १३ वर्षपछि बजारमा आएको यो संस्करणप्रति गेमरहरूको अत्यधिक माग थियो । रकस्टार गेम्सका अनुसार गेम सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्महरूमार्फत ३ करोड २५ लाख (३२.५ मिलियन) युनिट ‘प्रि–अर्डर’ भइसकेको थियो, जुन गेमिङ इतिहासकै अर्को कीर्तिमान हो ।

गेम सार्वजनिक भएपछि प्राप्त अभूतपूर्व सफलता र गेमरहरूको प्रतिक्रियाबाट आफूहरू निकै उत्साहित भएको कम्पनीका संस्थापक एवं अध्यक्ष साम हाउसले बताएका छन् । ‘विश्वभरका खेलाडीहरूबाट प्राप्त प्रतिक्रियाले हामीलाई अत्यन्तै खुशी दिलाएको छ । यो ऐतिहासिक क्षण तपाईंहरूसँग बाँड्न पाउनु हाम्रा लागि खुसीको कुरा हो,’ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष हाउसले भनेका छन् ।

अघिल्लो संस्करण ‘जीटीए ५’ भन्दा निकै अगाडि

यो नयाँ लन्चले आफ्नै अघिल्लो संस्करण ‘जीटीए ५’ को कीर्तिमानलाई धेरै पछाडि छाडिदिएको छ । सन् २०१३ मा सार्वजनिक भएको ‘जीटीए ५’ ले सुरुवाती तीन दिनमा १ अर्ब डलर बराबरको बिक्री गरेको थियो ।

पब्लिसर टेक–टू इन्टरएक्टिभका अनुसार समग्र जीटीए सिरिजका हालसम्म ४७ करोड भन्दा बढी युनिट बिक्री भइसकेका छन्, जसमध्ये ‘जीटीए ५’ एक्लैले २३ करोड भन्दा बढी युनिटको योगदान दिएको छ । ‘जीटीए ५’ सर्वकालीन बढी बिक्री हुने भिडियो गेमहरूमध्ये पर्छ ।

बिहीबार रकस्टार गेम्सले आधिकारिक तथ्यांक सार्वजनिक गर्नुअघि, बजार अनुसन्धान संस्था ‘सेन्सर टावर’ ले ‘जीटीए ६’ ले लगभग २ करोड ४६ लाख युनिट बिक्री गर्दै २.३६ अर्ब डलर आम्दानी हुने अनुमान गरेको थियो । तर, रकस्टारले पछि सार्वजनिक गरेको विश्वव्यापी पहिलो दिनको बिक्रीको आफ्नै अनुमानित तथ्यांक त्योभन्दा धेरै निस्कियो । अमेरिकामा यो गेमको स्ट्यान्डर्ड एडिसनको खुद्रा मूल्य करिब ८० अमेरिकी डलर राखिएको छ ।

यसै महिनाको सुरुमा, प्लेस्टेशन ब्लगले ‘जीटीए ६’ आफ्नो स्टोरको इतिहासमै सबैभन्दा बढी प्रि–अर्डर गरिएको गेम बनेको घोषणा गरेको थियो । खेलाडीहरूको अत्यधिक मागलाई ध्यानमा राख्दै प्लेस्टेशन र रकस्टार गेम्सले संयुक्त रूपमा काम गरी गेम लन्च हुनुभन्दा ९ दिनअघि नै ‘प्रि–लोड’ (डाउनलोड गरेर राख्न सक्ने) सुविधा उपलब्ध गराएका थिए, ताकि खेलाडीहरूले पहिलो दिनमै सिधै खेल्न सकून् ।

१३ वर्षको प्रतीक्षा र नयाँ कथावस्तु

‘जीटीए ६’ अमेरिकी संस्कृति र जीवनशैलीलाई व्यंग्य गर्ने एक हाइपर–भ्वायोलेन्ट (अत्यधिक हिंसात्मक) र ओपन–वर्ल्ड भिडियो गेम हो । यसअघि न्युयोर्क र लस एन्जलसका काल्पनिक शहरहरूमा आधारित रहेको यो गेम यसपटक पुनः आफ्नै पुरानो र चर्चित मियामीको काल्पनिक रूप ‘भाइस सिटी’ मा फर्किएको छ ।

‘लेओनिडा’ नामक काल्पनिक राज्यमा आधारित यो गेमको मुख्य कथा लुसिया क्यामिनोस र जेसन डुभल नामका एक जोडीको वरिपरि घुमेको छ, जो अपराधको माध्यमबाट आफ्नो स्थिति सुधार्ने प्रयास गरिरहेका छन् ।

गेमका सुरुवाती समीक्षाहरूका अनुसार, जीटीए सिरिजको पहिचान बनेको बन्दुकको भिडन्त, बैंक डकैती र लुटपाटसँगै यसपटक पात्रहरूबीचको आत्मीय सम्बन्धमा अझ बढी जोड दिइएको छ ।

यो गेमको लन्चसँगै विगत केही वर्षदेखि गोप्य राखिएको यसका कलाकारहरूको सूची पनि सार्वजनिक भएको छ । जसमा लुसियाको भूमिकामा म्यानी एल पेरेज र जेसनको भूमिकामा डीएन रोर्क रहेका छन् ।

अन्य कलाकारहरूमा बबी मोयनिहान, स्टेफन रुट, ट्यारिन म्यानिङ, रोजेलिन सान्चेज र र्‍यापर डेन्जेल करी जस्ता चर्चित नामहरू यस गेमका विभिन्न पात्रको आवाज र अभिनयमा जोडिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

रकस्टार गेम्सको बहुप्रतीक्षित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ बिहीबार विश्वभर आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। स्थानीय समयअनुसार मध्यरात १२ बजेबाट गेम खुल्ने भएकाले नेपालमा पनि भोलि बिहीबारदेखि यो गेम खेल्न पाइनेछ।

#गेम #जीटीए
Compare →
Onlinekhabar
1d ago
एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

३ मंसिर, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ। यससँगै एन्थ्रोपिकले गत जुन महिनामा …

#कीर्तिमान #डलर
Compare →
Bizshala
6d ago
चार दिनमै ४१०० डलरमाथिबाट ३८०० को तहमा झर्‍यो सुन, चाँदी ४८ डलरको हाराहारीमा

चार दिनमै ४१०० डलरमाथिबाट ३८०० को तहमा झर्‍यो सुन, चाँदी ४८ डलरको हाराहारीमा

काठमाण्डौ । सोमबार प्रतिऔंस ४ हजार १०० डलर नाघेको सुन चार दिनमै ३ हजार ८०० डलरको तहमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा...

#दिनमै #डलर
Compare →
Hamro Patro News
1w ago
ह्वाङको राजीनामापछि एनभिडियामा हलचल, पाँच दिनमै गुमायो ५५० अर्ब डलर

ह्वाङको राजीनामापछि एनभिडियामा हलचल, पाँच दिनमै गुमायो ५५० अर्ब डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले वैवाहिक सम्बन्धबाहिरका सम्बन्धबारे सार्वजनिक भएका आरोपपछ...

#दिनमै #डलर
Compare →

Related Stories

Technology
Build #2612