Trending
Prev Story
Next Story

दीर्घकालीन एक्लोपनले डिमेन्सियाको जोखिम बढाउने

Ekantipur •
November 21, 2026 • 05:32 AM
2
2 reads 0 reactions

'एजिङ एन्ड मेन्टल हेल्थ' जर्नलमा प्रकाशित पछिल्लो अध्ययनमा ६५ वर्ष र सोभन्दा माथिका ३ हजार ७ सय ७७ वयस्क सहभागी थिए । यसमध्ये कोही लामो समयदेखि निरन्तर एक्लोपनबाट गुज्रिएका थिए भने कसैले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने गरेका थिए

दीर्घकालीन एक्लोपनले डिमेन्सियाको जोखिम बढाउने

'एजिङ एन्ड मेन्टल हेल्थ' जर्नलमा प्रकाशित पछिल्लो अध्ययनमा ६५ वर्ष र सोभन्दा माथिका ३ हजार ७ सय ७७ वयस्क सहभागी थिए । यसमध्ये कोही लामो समयदेखि निरन्तर एक्लोपनबाट गुज्रिएका थिए भने कसैले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने गरेका थिए

काठमाडौँ — दशकौं लामो एक अध्ययनले निरन्तर वा दीर्घकालीन एक्लोपन र डिमेन्सिया (बिर्सने रोग) गहिरो रूपमा जोडिएको उजागर गरेको छ । कहिलेकाहीँ एकान्तमा रमाउनु भने हानिरहित रहेको अध्ययनले देखाएको छ ।

यसअघिका अनुसन्धानले पनि एक्लोपनले डिमेन्सियाका लक्षण बढाउने देखाएको थियो । तर, कुन स्तरको सामाजिक एक्लोपनले सबैभन्दा बढी हानि गर्छ भन्ने स्पष्ट थिएन ।

'एजिङ एन्ड मेन्टल हेल्थ' जर्नलमा प्रकाशित पछिल्लो अध्ययनमा ६५ वर्ष र सोभन्दा माथिका ३ हजार ७ सय ७७ वयस्क सहभागी थिए । यसमध्ये कोही लामो समयदेखि निरन्तर एक्लोपनबाट गुज्रिएका थिए भने कसैले कहिलेकाहीँ एक्लोपन महसुस गर्ने गरेका थिए ।

केहीले कहिल्यै एक्लोपन महसुस नभएको बताएका थिए । उनीहरूको २० वर्षे अनुभवलाई फरक–फरक रूपमा वर्गीकरण गरेर अध्ययन तथा जोखिम मूल्याङ्कन गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले तीन समूहबीच डिमेन्सियाको दरमा ठूलो भिन्नता पाए । कहिल्यै एक्लो महसुस नगर्ने समूहमा ३३.१ प्रतिशत र दीर्घकालीन एक्लोपन भएका व्यक्तिमा ४९.१ प्रतिशत जोखिम देखिएको थियो ।

उमेर, स्वास्थ्य अवस्थाजस्ता अन्य पक्षलाई समेत आधार मानेर तुलना गर्दा कहिल्यै एक्लो महसुस नगर्नेहरूको तुलनामा दीर्घकालीन एक्लोपन भोग्नेहरूमा डिमेन्सिया हुने जोखिम झन्डै ४० प्रतिशतले बढी देखियो ।

अर्कोतर्फ, कहिलेकाहीँ हुने एक्लोपनले डिमेन्सियाको जोखिम बढाउने खासै उल्लेखनीय सम्बन्ध देखाएन । जुनसुकै प्रकारको एक्लोपनले मानसिक स्वास्थ्यमा समान खतरा निम्त्याउँछ भन्ने पूर्वधारणालाई यसले चुनौती दिएको छ ।

फ्रान्सस्थित बोर्डो पपुलेसन हेल्थ सेन्टरकी अध्ययन लेखक करिन पेरेसले जीवनको कुनै न कुनै मोडमा प्रायः मानिसले एक्लोपन महसुस गर्ने बताइन् ।

'जब यो दीर्घकालीन र निरन्तर बन्छ, तब मात्र डिमेन्सियाको जोखिम बढ्ने देखियो,' अध्ययनबारे उनले भनिन् । अनुसन्धानकर्ताहरूका अनुसार दीर्घकालीन एक्लोपनले तनाव र प्रतिरक्षा प्रणालीलाई लामो समय सक्रिय पारेर शरीरमा सुजन (इन्फ्लामेसन) निम्त्याउँछ । डा. पेरेसले शारीरिक निष्क्रियता, खराब खानपान र सामाजिक अन्तरक्रियाको कमीले मुटुरोग, मधुमेह तथा मस्तिष्कको सक्रियतामा ह्रास ल्याउने बताइन् ।

अध्ययनले जीवनसाथी वा सामूहिक परिवारमा बस्ने मानिसहरूले पनि दीर्घकालीन एक्लोपन भोग्न सक्ने देखाएको छ । दीर्घकालीन एक्लोपन भएका करिब ३० प्रतिशत सहभागी एक्लै बस्दैनथे । प्रमुख लेखक यभाना सिमोनले असन्तुष्ट सम्बन्ध, हेरचाहको बोझ वा अर्थपूर्ण गतिविधिको कमीले पनि यस्तो जोखिम निम्त्याउन सक्ने बताइन् ।

अर्थात्, एक्लै बस्ने व्यक्ति पनि एक्लोपनबाट प्रभावित नहुन सक्छ र समूहमा बसेको व्यक्तिले पनि एक्लोपन महसुस गरिरहेको हुन्छ । त्यही कारण नीति–निर्माण गर्दा मानिस कोसँग बस्छ भन्ने कुरा नहेरेर उसको भावनात्मक पक्षलाई हेर्नुपर्ने उनको सुझाव छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
2d ago
पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले विकास आयोजना अघि बढाउनुअघि सम्बन्धित क्षेत्रको भौगर्भिक अवस्था र सम्भावित...

#अध्ययन #जोखिम
Compare →
Hamro Patro News
4d ago
भारु जोगाउन डलर ऋणको सहारा लिँदै भारत, सञ्चिति बढे पनि दीर्घकालीन संकटको जोखिम

भारु जोगाउन डलर ऋणको सहारा लिँदै भारत, सञ्चिति बढे पनि दीर्घकालीन संकटको जोखिम

एजेन्सी । सन् १९९७ मा दक्षिणपूर्वी एसियालाई चपेटामा पारेको एसियाली मुद्रा संकटबाट भारत मुस्किलले जोगिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले उल्लेख गरेअनुसार, अन्य देशहरूजस्तो अत्यधिक डलर...

#दीर्घकालीन #जोखिम
Compare →

Related Stories

Health & Wellness
Build #2612