अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।
बागलुङ — कांग्रेसको देउवा समूहले शुक्रबार आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनले सागर छन्त्याललाई सभापति चयन गरेको छ । शुक्रबार राती भएको बन्दसत्रमा छन्त्याल निर्विरोध सभापति चयन भएका हुन् ।
उपसभापतिमा महेन्द्र आचार्य र शैलेश घर्ती तथा सचिवमा हरिबहादुर जिसी ‘सन्तोष’ र धर्म घर्ती चयन भएका छन् । सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी चयन भए ।
क्षेत्रीय अधिवेसनमा महिला, दलीत, युवा समूहबाट महाधिवेसन प्रतिनिधि छनौट गरेको यो समूहले जिल्लामा भने महिला रहित पदाधिकारी बनाएको छ । पार्टीले अन्य सदस्यहरुको भने नाम सार्वजनिक गरेको छैन ।
अधिवेसन उद्घाटन गर्न पुर्व सभापति शेरबहादुर देउवा आएका थिए । उनले अबको जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।
यसअघि अदालत र पार्टी सभापति गगन थापा प्रति आक्रोशित देखिदै आएका देउवाले शुक्रबारको कार्यक्रममा भने अदालतले न्याय दिनेमा आश्वस्त रहेको बताए ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।