Trending
Prev Story
Next Story

भारतको मणिपुरमा विषाक्त मदिरा सेवन गर्दा १५ जनाको ज्यान गयो

Ekantipur •
November 21, 2026 • 04:02 AM
3
3 reads 0 reactions

न्यूज एजेन्सी आईएनएसका अनुसार ६ सय भन्दा बढी मानिसहरु विभिन्न अस्पतालहरुमा भर्ना भएका छन् । तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतको मणिपुरमा विषाक्त मदिरा सेवन गर्दा १५ जनाको ज्यान गयो

न्यूज एजेन्सी आईएनएसका अनुसार ६ सय भन्दा बढी मानिसहरु विभिन्न अस्पतालहरुमा भर्ना भएका छन् । तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मणिपुर — भारतको मणिपुरस्थित चन्देल जिल्लामा विषाक्त मदिरा पिउँदा १५ जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी आईएनएसका अनुसार ६ सय भन्दा बढी मानिसहरु विभिन्न अस्पतालहरुमा भर्ना भएका छन् । तीमध्ये पनि ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीयका अनुसार पछिल्लो २–३ दिनयता यो घटना सतहमा आएको छ । मदिरा पिएपछि मानिसहरुको स्वास्थ्यमा समस्या देखिएको थियो । यद्दपि मदिरा कहाँबाट ल्याइएको थियो भन्ने जानकारी आधिकारिक निकायसँग अहिलेसम्म आइसकेको छैन ।

सन् २०२६ मा विषाक्त मदिरा सेवनबाट मध्यप्रदेश, गुजरातसहित ६ राज्यमा १२० भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

प्रहरीका अनुसार प्रभावित मानिसहरुले जुन मदिरा सेवन गरेका थिए, त्यसलाई मणिपुरको कोकचिङ जिल्लाका सुगनूसँग खरिद गरिएको भारतको सञ्चारमाध्यम दैनिक भास्कर ले उल्लेख गरर्को छ । जाँचमा मदिरामा मेथानोल मिलाइएको आशंका गरिएको छ । अहिलेसम्म यस घटनामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्देल जिल्लामा स्थानीय स्तरमा मदिरा बन्ने गरेको कुनै जानकारी नआएको प्रहरीले बताएको छ । यस्तोमा अन्यत्र जिल्लाबाट मदिरा ल्याएर उक्त ठाउँमा बिक्री गरिएको प्रहरीको अनुमान छ । प्रहरीले मदिरा सप्लाइ गर्नेहरुलाई खोजिरहेको छ ।

केही समयअघि मात्र मध्यप्रदेशको सागर जिल्लामा विषाक्त मदिरा सेवनबाट ३६ जनाको मृत्यु भएको थियो । यस घटनामा प्रहरीले ५२ जनालाई आरोपी बनाएको छ । मास्टरमाइन्ड, ठेकेदार र सप्लायरसमेत ३४ जना आरोपीलाई पक्राउ गरिसकिएको छ ।

नागाल्यान्डमा पनि विषाक्त मदिरा पिउँदा १९ जनाको मृत्यु भएको थियो । प्रहरीले कयौं क्षेत्रमा छापा मारेको थियो । यस कारबाहीमा १९ जनालाई पक्राउ गरिएको थियो भने ३ हजार बढी मदिराका बोतल जफत समेत गरिएको थियो । भारतको सर्वोच्च अदालतले १८ सेप्टेम्बरमा मदिराको समस्याको समाधान नभएको बताएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
13h ago
मणिपुरमा नक्कली मदिरा सेवन गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढीलाई अस्पताल भर्ना

मणिपुरमा नक्कली मदिरा सेवन गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढीलाई अस्पताल भर्ना

मणिपुरको चण्डेल जिल्लामा विषाक्त मदिरा सेवन गरेको आरोपमा विगत तीन दिनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। यसैबीच, इम्फालका विभिन्न अस्पतालहरूमा १५० भन्दा बढी मानिसहरूको उपचार भइरहेको छ। जिल्ला प्रश...

#मदिरा #मणिपुर #सेवन
Compare →

Related Stories

World News
Build #2612